रामेछाप। रामेछाप नगरपालिकाले मङ्गलबार मध्यरातदेखि लागुहुने गरी नगरपालिका क्षेत्रका सबै बजारहरूमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। नगरपालिकाले कोभिड १९ सङ्क्रमण जोखिमका कारण नगर क्षेत्रभरी बैशाख २७ गते रातिसम्मका लागि निधेषआज्ञा जारी  गर्न लागेको जनाएको छ।

नगरपालिकाको विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले रामेछाप बजार,साँघुटार बजार लगायत मानिस भिडभाड हुने स्थानहरूमा निषेधआज्ञा गर्ने निर्णय गरेको हो । नगरले अत्यावश्यक काम बाहेक अनावश्यक भिडभाड र आवतजावत नगर्न पनि अनुरोध गरेको छ।

रामेछपाको मन्थली बजार, गोकुलगंगा गाउँपालिकाको १,४ र ५, वडा लगायत सङ्क्रमण जोखिम रहेका क्षेत्रहरूको पहिचान गरी यस अघि नै निषेध आदेश जारी गरि सकेको छ।