रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा जारी यु आर वाईसियन कप २०२१ मा युनाइटेड रस्नालु युवा क्लब आयोजक ए क्वाटर फाइनलमा प्रवेश गरेको छ। शनिबार दिउँसो सम्पन्न खेलमा जि याफ वाइ सी नामडीलाई ४-१ ले हराउँदै आयोजक बी क्वाटर फाईनलमा प्रवेश गरेको हो।

खेलमा लगातर ४ गोल गर्दै आयोजक ए क्वाटर फाइनलमा प्रवेश गरेको हो । यस्तै जि याफ वाइ सीले पनि १ गोल फर्काएको थियो ।  यस्तै हिजो नै भएको अर्को खेलमा रानिपोखरी युवा क्लबलाई हराउँदै  यान वाइ सी दुरागाउँ विजयी भएको छ । यान वाइ सीले रानिपोखरीलाई २-० ले हराएको  हो । युआर वाईससियन कपको फाइनल आज हुँदैछ ।