सृजना रसाइली, रामेछाप। गोकुलगंगामा आजदेखि कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सुरु गरिँदै छ। यस अघि २०७७ साल फाल्गुन २३, २४ र २५ गते पहिलो मात्रा खोप लगाएकाहरुलाई आज र भोली खोपको दोस्रो मात्रा दिन लागिएको हो। 

गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत जागिर राय यादवका अनुसार खोप अभियान आज भदौ २ गते बिहान १० बजेबाट सबै वडाहरुको खोप केन्द्रमा सञ्चालन हुने जानकारी दिनु भयो। साथै खोप लगाउन आउँदा  यसअघि खोप लगाइएको खोप कार्ड अनिवार्य लिएर आउनु पर्नेछ।  यस अघि  ५५ वर्ष उमेर समुहकाहरुलाई खोप दिइएको थियो।