काठमाण्डौ। दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठलाई स्थानीयले कुटेका छन । 

गाउँपालिकामा सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर स्थानियले अध्यक्षको कठालो समातेका हुन्। आज बिहान गाउँपालिकाको वडा नम्बर ३ मुकुनेमा जनक बहादुर तामाङलाई उपचारको लागि अस्पताल लैजानका लागि गाडी बोलाएको थियो । तर, पहिरोका कारण सडक अवरुद्ध भएपछि स्थानियले गाउँपालिका अध्यक्ष श्रेष्ठलाई फोन गरेर डोजरले बाटो खोली दिन आग्रह गरेका थिए । अध्यक्ष श्रेष्ठले फोनमा आफु चरिकोटमा भएको र बाटो सफा गर्न भनिदिने आश्वासन दिएर फोन राखे । तर बाटो सफा गर्न कुनै पहल नभएपछि बिरामीका आफन्तहरु अध्यक्ष निवास जोरधारा पुग्दा श्रेष्ठ सोही ठाउँमा भेटिएपछि स्थानीयले कठालो समातेका हुन ।

स्थानीय प्रेम लामाकाच अनुसार सदरमुकाममा छु भन्दै गाउँमै भेटिएपछि अध्यक्ष श्रेष्ठमाथी बिरामीका आफन्तले दुव्र्यवहार गरेका हुन । गाउँमा   एम्बुलेन्सको व्यवस्था गर्न पनि नसक्ने र गुणस्तर बाटोपनि बनाउन पनि नसक्ने भन्दै स्थानीयले आक्रोसित भएका थिए ।