सृजना रसाइली, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा हालसम्म २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाभाइरस सुरु भएयता ६६ जनाको पिसिआर परिक्षण गर्दा ३० जनामा र ६२७ जनाको एण्टिजेण्ट परिक्षण गर्दा २०९ जनामा कोरोना पुष्टि भएको हो। 

कोरोना पुष्टि भएका मध्ये ९८ जना गोकुलगंगा अस्पतालमा भर्ना भएका थिए। भर्ना भएका सबै जना निको भएर घर फर्किएका छन् । हाल ६ जना संक्रमित होम आइसोलेसन रहेका छन् । हालसम्म २३२ जना निको भएर घर फर्किएका गोकुलगंगा अस्पतालले जनाएको छ । गाउँपालिकाभित्रका १ जना संक्रमितको पुरुषको काठमाडौ अस्पतालमा निधन भएको बताइएको छ ।