सृजना रसाइली, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरे  र ४ बेताली शील गरिएको छ । साउन १४ गते बसेको गाउँपालिका स्तरिय स्थानिय कोभिड-१९ संङ्कट व्यवस्थापनको बैठकले चुचरे र बेतालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले साउन २२ गतेसम्म सिल गर्ने निर्णय गरिएको हो ।

बैठकले उक्त वडामा  अनावश्यक काम बाहेक हिँडडुल गर्न,  वडाभित्र चल्ने सबै सवारी साधनहरु चल्न, शैक्षिक संस्थाको सबै गतिविधी सञ्चालन  गर्न  रोक लगाएको छ । यस्तै सबै प्रकारका भेला प्रशिक्षक पुजा प्राथना तालिम गोष्ठी जात्रा पर्व खेवाली विवाह व्रतबन्ध  लगायत सबै धार्मिक  तथा  सास्कृतिक कामहरु बन्द गरिएको छ । होटल  पसल रेष्टुरेन्ट बन्द रहने र वडाबाट दिने सबै सेवा बन्द गर्न निर्णय भएको छ । यस्तै खाधान्न तरकारी  दुध माछा मासु लगायतको पसल  बिहान ६ बजेदेखी ८ बजेसम्म खोल्न र कक्षा ११ को परिक्षा स्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।