दानियल सुनुवार, रामेछाप। रामेछापस्थित गोकुलगंगा गाउँपालिकाको वडा नं. ३ को कार्यालय भवन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उद्घाटन गर्नु भएको छ।

उद्‍घाटन समारोहमा मन्त्री ढुङ्गेलले गाउँगाउँमा सिंहदरबार भन्ने नारा आज सत्य सावित भउको खुलासा गर्नु भयो। देश संघीय संरचनामा गए लगतै स्थानीय तहमा ठुला साना परिवर्तनहरू हुँदै आएको मन्त्री ढुङ्गेलले बताउनु भयो। 

उद्घाटन कार्यक्रममा समाजसेवी कर्मचारी तथा रस्नालुबासीको उल्लेखनिय उपस्थिती रहेको थियो। उद्‍घाटन समारोहका प्रमुख अतिथी रहनुभएका मन्त्री ढुङ्गेलले गोरेटो बाटोमा चुनाबी प्रचारप्रसार गर्दै जनतालाई दिएको प्रतिज्ञा पुरा गर्न सफल भएकोमा चौतर्फी खुला रुपमा हिड्न पाएकोमा खुसी व्यक्त गर्नु भयो।

कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अविभावक जनप्रतिनिधी खड्ग बहादुर सुनुवारले गोकुलगंगा गाउँपालिका विकास र समृद्धिमा अग्रस्थानमा रहेको बताउनु भयो। 

संघीय संरचना लागू भएपश्चात आफू जनप्रतिनिधी भएको ४ वर्षको अन्तरालमा ४१ वटा नयाँ संरचनाहरू बनिसकेको जसमा वडा कार्यालय भवन, अस्पताल, कर्मचारी आवास निर्माण सार्वजनिक शौचालय जस्ता संरचनाहरू निर्माण भई सेवा प्रदान गरिएको बताउनु भयो । 

अध्यक्ष सुनुवारले गाउँपालिकाले कृषि क्षेत्रमा ठूलो फड्को मारेको भन्दै बेरोजगारी उन्मुलन गर्ने प्रयासको लागि स्थानीय स्तरमा ठूलो अभ्यासको थालनी गरेको बताउनु भयो। चार वर्षको अवधिमा गाउँपालिकाले चार सय किलोमिटर सडक निर्माण गरिसकेको र विकास निर्माण र पूर्वाधार विकास तथा अत्यावश्यक खानेपानी तर्फ यस वर्ष मात्रै ३ हजार वटा धारा निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाको रहेको बताउनु भयो।

गाउँपालिकाको वडा नं. ३ का अध्यक्ष नरविक्रम कार्कीले रस्नालुको नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो।