दानीयल सुनुवार, रामेछाप। महिलाको सुरक्षा समृद्ध नेपाल निर्माणको आधार: सम्मान र रोजगार भन्ने मुल नाराको साथ गोकुलगंगा गाउँपालिका -३, रस्नालुमा भव्यताको साथ १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ।

विभिन्न सचेतनामुलक नाराले सजिएको प्लेकार्ड बोकेर वडा नं. ३ को कार्यालय परिसरमा र्‍यालीको साथ परिक्रमा गर्दै वडा कार्यालयको प्राङ्गणमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।

महिला सञ्जालकी अध्यक्ष सुनिता सुनुवारले कार्यक्रम उद्घोषण गर्नु भयो। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष नरविक्रम कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो भने विभिन्न तहका प्रतिनिधि लगायत बुद्धिजीवि समाज सेवीको पनि उल्लेख्य उपस्थिति थियो। 

प्रमुख अतिथी रहनु भएका अध्यक्ष कार्कीले महिलाहरूमा पहिलाको जस्तो नभएको र विभिन्न चेतनामुलक कार्यक्रम मार्फत सचेत भई सकेको जनाएका छन्। राज्यले हक र अधिकार सुनिश्चित भइसकेको र महिलाहरू आफैँमा पनि सक्षम हुँदै आएको कुरालाई प्रष्ट्याउनु भएको छ। त्यस्तै, अध्यक्ष कार्कीले  विगतमा भएको महिला सहकारीमा भएका केही  उपद्र ब्यबहारलाई कानूको दायरमा ल्याउने प्रतिवद्धता पनि जनाउनु भएको छ।

वृद्धा महिला तथा पुरुषले छोरा नभएको कारण छोरीको नाउँमा पुरै जग्गा पास गरी दिन्छ र पछि छोरीले मलाई पालेन भनेर जग्गा फिर्ता पाउँ भनी उजरी लिएर पनि आउने गरेका छन्। वृद्धवृद्धालाई सम्मान गरौँ सबै महिलासँग समान ब्यबहार गर्न र महिलाले महिलालाई समान ब्यबहार गर्न र दमन नगरौँ सुन्दर समाज निमार्ण गरौँ भन्ने शुभकामना समेत दिनु भएको छ।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल कविता तथा नाचगानको पनि प्रस्तुतिकरण रहेको थियो।