सिन्धुली। घ्याङलेख गाउँपालिकाले टोकन प्रणालीबाट  सेवा प्रवाह थालेको छ। मंगलबार गाउँपालिकाको अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा बैठकबसी टोकन सेवा प्रवाहमा टोकन प्रणाली सुरु गरिएको हो।

गाउँपालिकाले प्रवाह गर्ने सेवालाई प्रभावकारी ढंगले छिटो, छरितो र सुलभ तरिकाबाट सेवा प्रवाह गर्न गाउँपालिकाले फस्टकम फस्ट सर्भिस (पहिले आउनेको पहिले सेवा) प्रणाली लागू गर्न टोकन प्रणाली लागू  गरिएको अध्यक्ष जगतबहादुर भोलनले जनाएका छन्। गाउँपालिकाले आजदेखि लागू गरेको टोकन प्रणाली सेवा प्राप्त पर्ने पहिलो सेवाग्राही श्री छबिलाल स्याङतानलाई सेवा प्रदान गर्दै टोकन प्रणालीको शुरुवात गरेको हो।

त्यस्तै, गाउँपालिकाले प्रदान गर्ने सेवा लिनका लागि बिहान १०:०० बजेदेखि दिउँसो ३:४५ बजेसम्म टोकन लिईसक्नु पर्ने व्यवस्था गरिएको छ। गाउँपालिकाले यस किसिमको सेवा प्रवाह थालनी  गरेको सेवाग्राही छबिलाल स्याङतानले टोकन प्रणालीबाट छिटो, छरितो सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन्।