सिन्धुली। फिक्कल गाउँपालिकाले आफ्नो पालिका अन्तर्गतको १८ विद्यालयका बरिक ५ हजार विद्यार्थीहरूको नि:शुल्क आखाँ परीक्षण तथा चस्मा वितरण थालेको छ । गाउँपालिकाको आर्थिक र फिक्कल ग्रामिण आँखा क्लिनिकको प्राविधिक सहयोगमा उक्त कार्यक्रम शुरु गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाउँपालिकाले बालबालिकाहरूकाे आँखाको स्वास्थ्यलाई ध्यानमा राख्दै आँखा परिक्षण तथा चस्मा वितरण कार्यक्रम श्री जनजागृती माध्यामिक विद्यालय ढाेडेनीका विद्यार्थीहरूलाई आजबाट निःशुल्क आँखा परिक्षण कार्यक्रम शुभारम्भ भएको बताउनु भएको छ।

उहाँका अनुसार गाउँपालिकाकाे १८ वटा विद्यालयहरुलाई केन्द्र मानी अभियान सञ्चालन गरिएको र नजिकका आधारभूता तथा प्राथमिक विद्यालयहरूलाई समेत पायक पर्ने विद्यालयमा बोलाएर आँखा परिक्षण गरिने जानकारी गराउनु भयो । गाउँपालिकाको यस अभियानबाट मा.वि. ढोडेनीमा ३ सय ४७, नि.मा.वि. नयाँगाउँमा २ सय ५१, मा.वि. महादेवडाँडामा ३ सय २७, नि.मा.वि. काउलेमा २ सय १२, मा. वि. चनौटेमा ३ सय ४७, मा.वि. खुरहरीमा ३ सय २८, मावि सुम्नाम सुन्तलेमा २ सय ८७, मा वि लुम्ति पोखरीमा ३ सय ८३, मा वि सालघारीमा ३ सय ३३, महाकाली मा वि पोटीमा २ सय ७७, नि मा वि ठुलीवनमा १ सय २९, मा वि  सोखुवेशीमा २ सय ६१, मा वि सोल्पा ठानामा ३ सय ५५, नि मा वि जाङजाङमा ९२, मा वि सालुकेमा २ सय ७४, नि मा वि भिरगाउँ २ सय १२, मा वि डिहिटारमा २ सय २९ र नि मा वि देउकी डाँडामा १ सय ९० जना विद्यार्थी गरी कूल ४ हजार ८ सय ३३ विद्यार्थी लाभान्वित हुने जनाउनु भएको छ।

मा वि ढोडेनीमा आँखा परीक्षण गराउँदै बालविकास तहको बालिका

त्यस्तै गाउँपालिकाले सम्बन्धित विद्यालयमा गएरै विद्यार्थिहरूको आँखा परीक्षण गर्ने र चस्मा लगाउनु पर्ने भएमा चस्मा वितरण गर्ने भएको छ। सो कार्यक्रम देहायक विद्यालयहरूमा निम्नानुसारको मितिमा हुने छ । 

  1. मा.वि. ढोडेनीमा २०७७ माघ १९ र २० गते 
  2. नि.मा.वि. नयाँगाउँमा २०७७ माघ २१ र २२ गते
  3. मा.वि. महादेवडाँडा २०७७ माघ २३ र २४ गते
  4. नि.मा.वि. काउलेमा २०७७ माघ २५ र २६ गते
  5. मा. वि. चनौटेमा २०७७ माघ २७ र २८ गते
  6. मा.वि. खुरहरीमा २०७७ माघ २९ र ३० गते
  7. मावि सुम्नाम सुन्तलेमा २०७७ फागुन २ र ३ गते
  8. मा वि लुम्ति पोखरीमा २०७७ फागुन ४ र ५ गते
  9. मा वि सालघारीमा २०७७ फागुन ६ र ७ गते
  10. महाकाली मा वि पोटीमा २०७७ फागुन ८ र ९ गते
  11. नि मा वि ठुलीवनमा २०७७ फागुन १० गते
  12. मा वि सोखुवेशीमा २०७७ फागुन ११ र १२ गते
  13. मा वि सोल्पा ठानामा २०७७ फागुन १३ र १४ गते
  14. नि मा वि जाङजाङमा २०७७ फागुन १५ गते
  15. मा वि सालुकेमा २०७७ फागुन १७ र १८ गते
  16. नि मा वि भिरगाउँमा २०७७ फागुन १९ र २० गते
  17. मा वि डिहिटारमा २०७७ फागुन २१ र २२ गते र
  18. नि मा वि देउकी डाँडामा २०७७ फागुन २३ र २४ गते आँखा परीक्षण हुनेछ ।

आँखा परीक्षणका लागि मा.वि.ढोडेनीका विद्यार्थीहरू सहभागि हुँदै

उक्त कार्यक्रममा विद्यार्थी भाईबहिनीहरुलाई उपस्थित भईदिनुहुन उपाध्यक्ष पार्वती सुनुवारले अनुरोध गर्नु भएको छ। कार्यक्रम अन्तर्गत अविभावकहरुले समेत आफ्नो आँखा परिक्षण गराई लाभ लिन सकिने उपाध्यक्ष सुनुवारले जनाउनु भएको छ ।