अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय परिषद्को भर्चुअल बैठकमा फिप्ना केन्द्रीय कार्यसमितिले नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरेको हो ।

फिप्नाले नेपालका उत्पीडित जाती, समुदाय, क्षेत्र र लिंगका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम तय गरिएको ध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आइतबार १६ जनवारीका दिन सम्पन्न संघिय परिषद बैठकमा अमेरीकामा रहेका नेपाली आदिवासी जनजातिहरूको साझा छाता संगठनको रूपमा क्रियाशील महासंघले आगामी दिनमा अझ सशक्त र प्रभावकारी भुमिकाहरू निर्वाह गर्दै जाने बैठकको निष्कर्ष रहेको छ । कोरोना कहरका कारण भर्चुवलरूपमा सम्मन्न परिषद बैठकमा फिप्ना केन्द्रीय कार्यसमितिले मुख्य गरेर चारवटा विषहरू प्रस्तुत गरी त्यसउपर छलफल गरी निर्णय भएको जनाएको छ ।