सामुयल सुनुवार, कतार। गत १३ अगस्ट २०२१, शुक्रबारको दिन नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औँ विश्व आदिवासी दिवस भर्चुअल माध्यामबाट मनाएको छ। विश्व आदिवासी दिवसकोअवसरमा महासंघले शुभकामना आदान प्रदान कार्यक्रम र बदलिदो अवस्थाको राजनीतिक र जनजातिहरूको आन्दोलनको विषयमा छलफल गरी मनाएको हो।

कार्यक्रम महासंघका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको अध्यक्षता, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको प्रमुख आतिथ्यमा भर्चुअलको माध्यमबाट मनाइएको हो। केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङको विशिष्ठ आतिथ्य रहेको थियो। त्यसैगरि विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको प्रथम उपाध्यक्ष जैबी राई ज्यू, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा ज्यू, नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई लगायत नेफिन प्रवास सम्बन्धन संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, त्यसैगरी नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल, विशेष सल्लाहकार तथा पूर्व अध्यक्ष देबराज राई, सल्लाहकार तथा पूर्व अध्यक्ष सियाराम चौधरी ज्यू, संस्थापक सदस्य तथा सल्लाहकारहरू बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पूर्व उपमहासचिव धिरज चाम्लिङ, सल्लाहकारहरूमा शंखलाल तामाङ, रस गुरुङ, नियम भुजेल र सामुयल सुनुवार, त्यसै गरी अतिथिहरूमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठी, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरी गैरे, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई, नेपाल पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल ज्यू, मिडिया पाट्नरहरू दिप संचार मिडिया, मुग्लानी खबर त्यसैगरी नेफिन कतारमा आवद्ध जातिय (मातृ) संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत महासंघमा आवद्ध १४ वटै मातृ संस्थाहरूवाट सकृय सदस्यहरू साथै देश तथा विदेशवाट जोडिनु भएका आदिवासी जनजातिहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई संस्थाका उपमहासचिव धिरेन तामाङले स्वागत मन्तव्य वाट स्वागत गर्दै दिप प्रज्वलन, नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका विशेष सल्लाहकार तथा पूर्व अध्यक्ष देवराज राईले संस्थागत सम्क्षिप्त परिचय तथा गतिविधी र संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष सियाराम चौधरी ज्यूबाट संस्थागत अवधारणा तथा कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो। २७ औँ विश्व आदिवासी दिवसको शुभकामना आदान प्रदान गर्ने क्रममा नेफिन कतारको सम्पूर्ण मातृ संस्थाको तर्फबाट प्रवसी भिजेल समाज कतारका अध्यक्ष वीर बहादुर भुजेल, पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष रकम्ध्वोज राई,  नेपाली जनसम्पर्क समिति कतारका कार्यवाहक अध्यक्ष ठाकुर परिवार, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी, त्यसैगरी नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेफिन कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राईले शुभकामना मन्तब्य राख्नु भएको थियो।

त्यसैगरी विषिस्ठ अतिथी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङले शुभकामना मन्तब्य तथा आफ्ना भनाई राख्नु भयो। विशिष्ठ अतिथी नेफिन केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोबिन्द छ्न्त्याल ज्यूले आदिवासी जनजातिहरूको हक अधिकारको निम्ति अझ जुझारु भएर आन्दोलित हुनु पर्ने कुरामा जोड दिदै शुभकामना मन्तव्य राख्नु भयो। त्यसै गरि उक्त कार्यक्रमका प्रमुख अतिथी तथा नेफिन केन्द्रिय अध्यक्ष जगत बरामले सुभकामना मन्तव्य सङसगै महत्त्वपूर्ण भनाईहरू राख्नु भयो। अन्त्यमा संस्थाका कार्यवाहक अध्यक्ष तथा सभापती भाइकाजी गुरुङले कार्यकमा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन भएको उक्त कार्यक्रम नेफिन कतारका महासचिव एकराज राईले सञ्चालन गर्नु भएको थियो।