बेलायत। नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचनको विषयमा विवाद उत्पन्न भएको छ। शाखाको निर्वाचन नजिकिएसँगै महासंघको पूर्ण कार्य समितिको बैठकको निर्णयका विषयमा विवाद उत्पन्नभ एको हो।

महासंघले विज्ञप्ती जारी गर्दै निर्वाचन समितिले महासंघको पूर्ण बैठकले गरेको कार्यक्षेत्र भन्दा बाहिर गएर निर्वाचन नियमावली जारी गरेको भन्दै सो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ। तदर्थ समिति बनिसकेको महासंघ बेयालयत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको प्रभावमा एकलौटी ढंगले निर्वाचन समितिले क्षेत्राधिकार नाघेर काम सुरु गरेको जनाएको छ। विज्ञप्तीमा मार्फत भनिएको छ ‘बैठकको म्यान्डेट विपरित शाखाको पाँचौँ अधिवेशनका निर्वाचन कार्यक्रम समेत अध्यक्ष मगरको एकल सहमतिमा महासचिव सञ्जयभकक्त कँडेललाई समेत थाहा नदिई प्रकाशित गर्नुले अधिवेशन निष्पक्ष हुनेमा आशंका जन्मिएको छ’ ।

महासंघ बेलायत शाखाका महासचिव सञ्जयभक्त कँडेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा महासंघको पूर्ण कार्य समितिको बैठकले सर्वसम्मत रुपमा आगामी जुनमा अधिवेशन गर्ने र नयाँ कार्य समिति चयन गर्ने निर्णय गरे पनि उक्त निर्णय विपरित षडयन्त्रपूर्वक निर्वाचन प्रमुख आयुक्तले विधानमै नभएको अधिकार सहितको नियमावली जारी गरेको जनाएको छ। विज्ञप्ती मार्फत महासंघ बेलायतको दुई कार्यकाल पुरा गरी समितिबाट बाहिरिन लागेका अध्यक्षले महासंघको निर्णय विपरित विभिन्न समाजसेवी र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार वितणर गर्ने कार्य गर्दै आएको आरोप लगाउदै महासंघको अनुरोधलाई अस्विकार नगर्ने व्यक्तिहरुले विवादले निम्त्याउने परिणामको भागिदार हुनु पर्ने जनाएको छ।

महासंघलघले हाल भइरहेको पछिल्लो निर्णय विपरितका क्रियाकलाप रोक्न विश्वव्यापी निर्वाचन मान्यता विपरित राखिएको निर्वाचन समितिको अधिकार हटाउन महासंघका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीहरुलाई विज्ञप्ति जानकारी गराइसकेको जनाएको छ।