बेलायत। भूतपूर्व गोर्खा सैनिक नेम थापा वार्ड काउन्सिलरमा निर्वाचित भएका छन्। मगर संघ बेलायतका पूर्व अध्यक्ष समेत रहेका थापा लामो समयदेखि समाज सेवामा रहेका थिए।

उनले कन्जरभेटिभ पार्टीबाट चुनाबी मैदानमा उत्रेका थापा लेबर पार्टीका उम्मेद्वारलाई पराजित गर्दै निर्वाचित भएका हुन्। उनले बिपक्षीलाई भन्दा ९२ मतले पराजित गरेका हुन्। यसअघि लेबर पार्टीका उम्मेदवार काउन्सिलर बिजयी भएका थिए। सघन नेपाली बस्ती रहेको वडामा नेपाली समुदायबाट काउन्सिलर निर्वाचित हुने थापा पहिलो व्यक्ति भएका छन्।