बेलायत। किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर लन्डन शाखाको तेस्रो अधिवेशनबाट देव आङबुहाङ अध्यक्षमा सर्वसम्मत निर्वाचित  भएका छन्। याक्थुङ चुम्लुङको तेस्रो अधिवेशन कोभिड -१९ महामारीको विषम परिस्थितिका  कारण भर्चुअल माध्यमबाट गरिएको थियो।

चुम्लुङ यूकेको पुराना शाखाहरूमध्येको ग्रेटर लन्डनको आइतबार सम्पन्न अधिवेशनले आङबुहाङ निर्वाचित भएका हुन्। आईतबार सम्मपन्न अधिवेशनले आङबुहाङको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन गरेको छ। अधिवेशनले उपाध्यक्षहरूमा रितुमान आङ्बुङ, बीना येक्तेन, झरना जवेगू, पदम योङ्हाङ, सचिवमा डम्बर लिवाङ, सहसचिवमा मनप्रसाद लिम्बु, कोषाध्यक्षमा राजेन्द्र नाल्वो, सहकोषाध्यक्षमा विमला लिम्बु निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरूमा बुद्धमाया लिम्बु, बबिता सुब्बा रहेका छन् । रिक्त रहेका बाँकी सदस्यहरूको पदपूर्ति आगामी कार्य समितिको बैठकले गर्ने नवनिर्वाचित अध्यक्ष आङबुहाङले जनाए ।

अधिवेशनको निर्वाचन समितिको संयोजकमा असारसिङ आङ्बुहाङ, सचिवमा टेक सुहाङ र सदस्यमा हस्त लिङ्खिम रहेका थिए । यूकेमा सन् २००३ मा कियाचुको स्थापना भएको थियो । जसअन्तर्गत १६ शाखाहरू सक्रिय छन् । नेफिनआवद्ध चुम्लुङ आदिवासी याक्थुङ लिम्बु जातिको प्रतिनिधिमूलक जातीय सामाजिक संस्थाका हो ।