काठमाडौं। गैर आवासीय नेपाली संघ (एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा राज कुमार राईले उम्मेदवारी दिएको जनाएका छन्। राईले सामाजिक सञ्जाल मार्फत आगामी जुलाई १८ मा हुने एन आर एन राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा रहेको जनाएका हुन्।

उनले सामाजिक सञ्जाल मर्फत् भनेका छन् "कोरियामा रहनु भएका सम्पुर्ण  बुद्धिजीवी, विद्यार्थी, व्यवायी, पत्रकार, श्रमजीवी आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार, यही आउने जुलाई १८ तारीकमा हुन गइरहेको गैर आवासिय नेपाली संघ (एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको निर्वाचनमा मेरो तर्फबाट सचीव पदमा  उम्मेद्‍वारी घोषणा गरी चुनावी मैदानमा उत्रिएको छु। "समता मुलुक समावेशीता रुपान्तरणसहितको पार्दर्शिता" भन्ने मुल नारासहित विगत लामो समयदेखि कोरियामा रही विभिन्न संस्थाहरुमा काम गरेको अनुभवहरूलाई आत्मसात गर्दै गैर आवासिय नेपाली संघ(एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्य समितिमा रही मैले जानेको, बुझेको र सकेको आम नेपाली समुदायको हीत र सेवामा काम गर्ने अठोटसहित सचिव पदमा उम्मेद्वारी दिएको छु। मलाई झुटो धेरै आश्वासन दिन पटकै आउँदैन र जान्दिन पनि! मलाई आशा छ यहाँहरुले आफ्नो अमुल्य मत दिएर यस यात्रामा साथ सहयोग गर्नु हुने छ भन्ने अपेक्षा राख्दछु, साथै यहाँहरुले आफ्नो अमुल्य मत दिएर बिजयी गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु।" 

सामाजिक सञ्जालमा आफूले उम्मेद्‍वारी दिएको जानकारी गराउँदै आफूलाई भोट दिन आह्वान गरेका छन्। एन आर एन दक्षिण कोरियाको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन यही जुलाई १८ मा हुँदै छ।