इलाम। इलाम नगरपालिकाको पारिजात पार्कमा साहित्यकार पारिजात (विष्णु कुमारी वाइबा) को सालिक अनावरण गरिएको छ । सोमबार एका कार्यक्रमबीच साहित्यकार पारीजातको सालिक अनावरण गरिएको हो ।

साहित्य, कला, संगित प्रतिष्ठानद्वारा निर्मित पारिजात पार्कमा साहित्यकार पारिजात(विष्णु कुमारी वाइवा) को सालिक निर्माण गरिएको हो । प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षता र नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा तथा साहित्यकार डा.देवी क्षेत्री दुलालले शालिकलाई माल्यापर्पण गर्दै अनावरण गरिएको हो ।