संगिता डिम्दोङ, सिन्धुली । कमलामाई नगरपालिकाले नगरबासी कृषकलाई ५० प्रतिसत अनुदानमा बाख्राको साना व्यबसायिक कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सञ्चालन गर्न भएको छ । कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिसकशेन ढकालले आज एक सूचना जारी गरी जानकारी दिईएको हो ।

इच्छुक बाख्रा पालन समुह,समिति,सहकारी तथा फर्महरुले आवश्यक कागजातसहित माघ १२ गते भित्र कमलामाई नगरपालिकाको पशु शाखामा आवेदन दिन आह्वान गरिएको छ ।

नगरपालिकाले आवेदन दिनका लागि बाख्रा पालन समूह,समिति,सहकारि फर्म दर्ता तथा नबीकरण भएको प्रमाण पत्रको प्रतिलिपि,कार्यक्रम सनचालन हुने स्थान,जग्गा जमिनको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ बर्षको सम्झौतापत्र नाम,निवेदकको नागरिकता,तथा परिचय खुल्ने प्रमाण प्रतिलिपि,कार्य समितीको निर्णयको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचना विस्तृतमा: