सामुयल सुनुवार (साम) , कतार । किरात सुनुवार भाषा, लिपी, धर्म, स‌ंस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नका लागि "पहिचान र समानताका लागि प्रतिवद्धता" नारा बोकेर कतारमा स्थापित सुनुवार सेवा समाज शाखा कतारको पाँचौ अधिवेश ४ डिसेम्वर २०२० का दिन कतारमा सम्पन्न भएको छ ।

सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवारको सभापतित्व, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा अध्यक्ष शिव कुमार भुजेलको प्रमुख आत्यित्थ्यमा सम्पन्न कार्यक्रममा दोहामा स्थापित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा आवद्ध सस्थाका प्रमुख, प्रतिनिधी, पत्रकार, बुद्धिजीवी, समाजसेवी र ब्याबसायीहरुको आतित्थ्य रहेको थियो ।

सभापति, प्रमुख अतिथि र विशेष अतिथिहरुको वाहुलीबाट दिप प्रज्वलन, ब्यानर अनावरण, राष्ट्रिय गान र सस्थाका प्रथम उपाध्यक्ष स्वर्गीय सर्बधन सुनुवार साथै ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनेटको मौनधारण पश्चात कार्यक्रमले गति लिएको थियो ।

कोभिड १९ बारे कतार सरकारले जारी गरेको आदेश र नियमको पालना गर्दै सीमित संघ, संस्थालाई निमन्त्रणा गरिको र भौतिक दुरी कायम गर्दै कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा समाजलाई विविध योगदान दिनुहुने समाजका वरिष्ठ सल्लाहकार भानु सुनुवार र प्रथम उपाध्यक्ष गोरीमाया सुनुवार (आरोही) लाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै सहयोगी संघ/संस्था, व्यक्तित्वहरुलाई मायाको चिनो, कदर पत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सुनुवार सेवा समाजको गतिविधी र समाजले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै नयाँ बन्ने समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको खुल्ला सत्रलाई समाजको महासचिव निर बहादुर सुनुवारले सञ्चालन गरेका थिए ।

कार्यक्रमको बन्द सत्रबाट अध्यक्ष: निर बहादुर सुनुवार, प्रथम उपाध्यक्ष: शेर बहादुर सुनुवार, द्धितीय उपाध्यक्ष: चन्द्र सुनुवार, तृतीय उपाध्यक्ष: टेक बहादुर सुनुवार, महासचिव:  शुभराज सुनुवार, सचिव: विनोद सुनुवार, कोषाध्यक्ष : गंगा बहादुर सुनुवार, सहकोषाध्यक्ष : लक्ष्मी सुनुवार, सदस्यहरु लालमाया सुनुवार, दिल बहादुर सुनुवार, कमल विक्रम सुनुवार, सोनी सुनुवार, नवराज सुनुवार, अरुण कुमार सुनुवार, मोहन सुनुवार, मेनुका सुनुवार, राधिका सुनुवार, सन्जु सुनुवार, जीत बहादुर सुनुवार, राज कुमार सुनुवार, सोचन सुनुवार निर्विरोध निर्वाचित भएको घोषणा सस्थाका सस्थापक संरक्षक पुरुषोक्तम सुनुवारले गर्नु भएको थियो ।