खाङसाङ। रोटरी क्लब काठमाडौंले फिक्कल गाउँपालिकालाई एक थान अक्सिजन कर्न्सन्ट्रेटर सहयोग प्रदा गरेको छ। मङ्गलबार क्लबका सचिव सुशिल कार्कीले खाङसाङ स्थित गाउँपालिकाको कार्यालयमै पुगेर गाउँपालिकालाई अक्सिजन कर्न्सन्ट्रर्टर हस्तान्तरण गरेका हुन्। 

गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले कोभिड -१९ महामारी विरुद्धको प्रतिकार्य स्वरुप रोटरी क्लब काठमाडौंले गाउँपालिकालाई अक्सिजन कर्न्सन्ट्रेटर प्रदान गरेको बताउनु भएको छ। कोभिड -१९ को दोस्रो लहरसँगै देशभर अक्सिजनको अभाव निम्तिएको र त्यसको असर सर्वसाधारणले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको थियो। अबका दिनहरूमा त्यस्तो अवस्था नआओस भन्नका लागि क्लबले स्थानीय स्तरमै अक्सिजन उत्पादन हुने गरी अक्सिजन कर्न्सट्रेटर प्रदान गरेको हो। क्लबले प्रदान गरेको अक्सिजन कर्न्सन्ट्रेटरले प्रति मिनेट एक लिटर अक्सिजन उत्पादन गर्न सक्ने उपाध्यक्ष सुनुवारले बताउनु भयो।

सहयोग प्राप्त कर्न्सन्ट्रेटरलाई गाउँपालिकाले स्थापन गरेको अक्सिजन सहितको आइसोलेसन अस्पतालमा राखेर आवश्यक्ता अनुसार अक्सिजन उत्पादन गर्ने र अबका दिनमा गाउँपालिकाबासीले अक्सिजन अभाव झेल्नु नपर्ने उपाध्यक्ष सुनुवारले बताउनु भयो। साथै, अक्सिजन कर्न्सट्रेटर सहयोग उपलब्ध गराउने संस्था रोटरी क्लब काठमाडौं र क्लबका सचिव सुशिल कार्कीलाई सहयोगका लागि धन्यवादसहित आभार व्यक्त गर्नु भएको छ।