सिन्धुलीमाढी। सिन्धुलीमा निषेधाज्ञा थप भएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा कोभिड -१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचार कार्यहरू प्रभावकारी ढंङ्गले गर्न गठीत डिसीसीएमसी संरचनाको बैठकले जेठ २५ गतेसम्म एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। 

बैठकले जेठ १८ गते राति १२ देखि लागू हुने गरी जेठ २५ गते राति १२ बजेसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन्। जिल्लामा कोरोना सङ्क्रम जोखिम कम भई नसेको हुँदा निषेधाज्ञा १ हप्ता थप गर्नु परेको हो।