इलाम। सूर्योदय नगरपालिकाले सबै वडाहरुबाट खाद्यान्न तथा निर्माण सामग्रीको ढुवानी गर्न झापा लगायतका अन्य जिल्ला र पालिका बाहिर जाने सवारी साधनका १६६ जना चालकहरूको कोभिड १९ परीक्षण सम्पन्न गरेको छ। उक्त परीक्षणबाट ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नगर प्रमुख रण बहादुर राईका अनुसार पशुपतिनगर स्थित प्राथमिक स्वास्थ्य चौकीमा खाद्यान्न तथा निर्माण सामग्रीको ढुवानी गर्न झापा लगायतका अन्य जिल्ला र पालिका बाहिर जाने समेत गरी १२२ जना चालकहरुको एन्टिजेन परीक्षण गरिएकोमा २ जना चालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

नगरको वडा नं १ गोर्खेमा १३ जना व्यक्तिहरुमा परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नं. ८ पाल्टागेमा ११ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको र वडा नं ३ को मेहेलबोटेमा २० जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको हो।