झापा। विर्तामोडका मुखिया परिवारले अक्सिजन बैङ्कका लागि ७५ हजार रुपैयाँ सहयोग गरेका छन्। झापा विर्तामोडका गणेशमान मुखिया र इन्द्रजित मुखियाले अक्सिजन बैङ्क स्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन्।

नयाँ भेरिएन्ट सहितको कोरोनाको दोस्रो लहर फैलिएसँगै झापाको विर्तामोडमा अक्सिजन बैङ्क स्थापना गर्न लागिएको र 'एक व्यक्ति एक सिलिण्डर अक्सिज' अभियान अन्तर्गत मुखिया परिवारले ७५ हजार रुपैयाँ सहयोग गरेको हो। 

गणेशमान मुखिया सुनुवार विद्यार्थी समाजका संस्थापक अध्यक्षसमेत हुन् भने लामो समयदेखि कान्तिपुर टिभीमा आवद्ध हरहनु भएको छ। त्यस्तै इन्द्रजित मुखिया नेपाल पत्रकार महासंघ झापाका निवर्तमान सहसचिव तथा नेपाल टेलिभिजनका सम्वाददाता हुन् ।

गणेशमान सुनुवार पहिलो लहरको कोरोना कहरका बेला कोरोना संक्रमित भएका थिए । संक्रमित हुँदा आफूले जस्तै अरुले पीडा भोग्नु नपरोस् भनेर अक्सिजन सिलिन्डरका लागि रकम सहयोग गरेको बताउनु भएको छ । त्यस्तै, इन्द्रजीतले पत्नी अनिता, छोरा अदिप र छोरी इश्माका तर्फबाट एक थान सिलिन्डरबापत १५ हजार रुपैयाँ र मुखियाका नातेदार सुमित्रा मुखिया, मेरिना मुखिया र सञ्जीव मुखियाले समेत एक/एक थान सिलिन्डरको रकम प्रदान गरेका हुन्।

झापाका स्वास्थ्य संस्थाहरूमा अक्सिजन अभाव हुन नदिन अहिले अक्सिजन बैङ्क स्थापनाका लागि अभियान चलाईएको छ। अभियानमा संयोजकमा संयोजक महेन्द्रकुमार गिरी रहेका छन्। अभियानकर्ताहरूले प्राप्त सहयोगबाट सिलिण्डर खरिद गरी ल्याउन प्रक्रिया अगाडी बढाईएको जनाएका छन्।