तस्विर: नवीन सुनुवार र दिपक सुनुवार

सिन्धुली। सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नं. -१ स्थित ढोडेनीमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत त्यहाँका स्थानीय पहिरो नियन्त्रणमा लागेका छन्। कोभिड -१९ महामारीबीच त्यस क्षेत्रमा सङ्क्रमणको जोखिम नभएका कारण स्थानीयहरू पहिरो नियन्त्रणमा लागेका हुन्। 

बाटो निर्माणका क्रममा भौगोलिक भु-बनोटका कारण छोटा र धेरै वटा घुम्ति भएको र सोही स्थानमा भुक्षय हुने खतराका बढेकाले गाउँ जोखिममा परेपछि पहिरो नियन्त्रणको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तीन लाख छुट्याईएको पहिरो नियन्त्रण समितिका संयोजक स्थानीय दुर्गा बहादुर सुनुवार बताउनु हुन्छ। 

पहिरो नियन्त्रणका लागि अहिले ५५ जना स्थानीयहरूले दैनिक ५१७ रुपैयाँ पारिश्रमिक पाउने गरी खटिएका छन्। प्राविधिकको सल्लाह बमोजिम अहिले सुख्खा गाह्रो लगाउने काम भएको संयोजक सुनुवारले बताउनु भयो।

गाउँपालिकाको उपाध्यक्ष पार्वती सुनुवारका अनुसार पहिरो नियन्त्रणका लागि तत्काल सुख्खा गाह्रो लगाउने र केही समयमै भु-क्षय नियन्त्रण जन्य घाँस तथा विरुवाहरू वृक्षारोपण गर्ने योजना रहेको बताउनु भयो।

तस्वीरहरू: