सांकेतिक तस्विर

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका -२ कुसुमटारमा मरिण खोलाले बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ। हिजो दिँउसो १ बजे माछा मार्न भनि हिँडेका कुसुम्टारका ६० बर्षिय टिका बहादुर सुनुवार आज मृत अबस्थामा फेला परेको जिल्ला प्रहरि कार्यलय सिन्धुलीका प्रहरि प्रबक्ता मनोज लामाले बताए।

हिजो घर नफर्किए पछि आज खोजी गर्दा कुसुमटार घमण्डे खरघारि नजिक मरिण खोलाको किनारमा उनि मृत अबस्थामा फेला परेका हुन् । लामाका अनुसार माछा मार्न गएका सुनुवारको शब माछालाई थापेको खुँवा भन्दा ५० मिटर तल ढुङ्गामा अड्एिको अबस्थामा फेला परेको हो । सुनुवारको शब पोसमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।