बासु मैनाली, सिन्धुली। सिन्धुली जिल्ला स्थित स्थानीय सरकारले जारी गरेको निषेधाज्ञालाई अटेर गरी व्यापार व्यवसाय सञ्चालन गरी बसेका तथा सुरक्षाका मापदण्डसमेत पालना नगरेको भन्दै इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खिटिएको प्रहरी निरीक्षक सुशील आचार्यको टोलीले १५ जना व्यापारीलाई नियन्त्रणमा लिएको छ।

कोभिड १९ को महामारीमा अपनाउनु पर्ने न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड र निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषय जानकारी गराएको छ। त्यसरी नियन्त्रणमा लिएकाहरूलाई आइन्दा यस्ता प्रकारको गल्ती नदोहोराउने शर्तमा एक पटकका लागि कागज गरी छोडिएको सुशील आचार्यले जनाउनु भउको छ ।

पछिल्ला केही दिन यता मरिण गाउँपालिका क्षेत्रमा कोरोना सङ्क्रमित बिरामीको संख्या बढ्दै गएकोले स्थिति भयावह हुने देखिएकाले उच्च सतर्कता अपनाईएको छ।

तथापी, निधेषाज्ञा भए पनि रातिको समयमा राजधानी लगायत विभिन्न ठाउँबाट ठुलो संख्यामा घरमा फर्कनेको भिड घटेको छैन। स्वास्थ्य संस्थाहरु अव्यवस्थित हुँदा सङ्क्रमणको जोखिम बढेको छ।