सिन्धुलीको कमलामाई नगरपालिका -११, छत्तिवनमा एकजना पुरुष घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् । नन्दलाल बिश्वकर्माका छोरा ४३ वर्षिया शेरबहादुर बिश्वकर्मा आफ्नै घरको धुरिबलोमा नाइलनको डोरि पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्।

स्थानीयका अनुसार आज बिहान घरमा कोहि नभएको बेलामा उनी झुण्डिएका हुन् । उनको परिवार हेटौडामा बस्दै आएका छन् । गत बैसाख १७ गते दाईको छोराको बिहेमा घर आएका थिए । घर आएदेखि मृतकको मानसिक असन्तुलन भएको स्थानीयको भनाई रहेको छ। बर्बराउने,एक्लै बस्ने गरेका थिए । मानसिक असन्तुलनका कारण उनि झुण्डिएको आँकलन गरिएको छ। मृतकको सिन्धुली अस्पतालमा पोसमार्टम पछि अन्तयष्टिका लागि लगिएको छ।