सिन्धुली । बैशाख २२ गतेबाट २९ गतेसम्म लागू हुनेगरी सिन्धुलीको कमलामाई नगरपालिकामा निषेधाज्ञा जारी भएको छ। आज जिल्ला प्रशासनमा बसेको बैठकमा भोली बैशाख २२ गते राति १२ बजे देखि २९ गते रातको १२ बजेसम्म लागुहुनेगरी निषेधाज्ञा जारी प्रशासनले जनाएको छ।

विश्वब्यापि माहामारिको रुपमा फैलिएको कोरोनाको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको संक्रमण सिन्धुलीको बिभिन्न स्थानका बढ्दै गएको हँदा ७ दिनको लागि कमलामाई नगरपालिकाको १४ वटै बडामा निषेधाज्ञा जारि गरिएको जिल्ला सुरक्षा समिती जनाएको हो ।

आज बसेको डिसिसिएमसिको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितीको निर्णय अनुसार अत्याबश्यक सवारी साधन एम्बुलेन्स,शववाहान,खाद्य सामाग्री, औषधि, कुखुराकोचल्ला, पशुपक्षिको दाना, पानी, दुध, इन्धन, फलफुल तथा तरकारी बोकेका सवारि साधनहरु, निर्माण सामाग्री बोकेका सवारि साधन चलाउने पाइने निर्णय भएको छ ।

त्यस्तै निषेधाज्ञाभरी सरकारी सवारी साधान, झण्डा बाहक, कुटनीतिक नियोग र प्रेस प्राप्त सवारी साधन चलाउन पाइने छ । साथै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीको हकमा परिचयपत्र प्रयोग गरेर सेवारि साधन पनि चलाउन पाइने ब्यवस्था रहेको छ।

निषेधाज्ञाभित्र बिबाहमा बेहुला बेहुलि सहित १५ जना जन्ति मात्र सहभागि हुन पाइने छ । साथै मृत्यु,न्वारन तथा ब्रतबन्ध जस्ता संस्कार जन्य कार्यक्रममा सुरक्षाका मापदण्डको पालना र भौतिक दुरि पालना गरेर मात्र सहभागि हुन पाइने छ । औषधि पसल,पेट्रोल पम्प,फलफुल तरकारि,दुग्ध डेरि,ग्याँस खाद्यान्नको पसल बिहाान ७ बजे देखि बिहान १० बजे सम्म मात्रै खुलाउने पाइने निर्णय भएको छ । निषेधाज्ञा उल्लङ्घन गरेमा प्रचलित कारबाहि गरिने समेत जनाएको छ ।