सिन्धुली। जिल्ला प्रसासन कार्यलय सिन्धुलीले न्यूनतम स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। कार्यालयमा आउने सेवाग्राही र कर्मचारी लगायत आम सर्वा साधारणमा समेत न्यूनतम स्वास्थ्य सावधानी मास्क प्रयोग गर्न, भिडभाड नगर्न, स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो।

नेपालमा पनि पुनः कोरोना संक्रमणदर वृद्धि हुने स्थिति देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्मचारी र सेवाग्राहीलाई अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रसाद सिटौलाले आज सूचना जारि गर्दै छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस वृद्धि भएकाले नेपालमा पनि पुनः कोरोना संक्रमणदर वृद्धि हुने स्थिति भएकाले स्वास्थ्य सावधानी अपनाउन सिन्धुली बासीलाई अनुरोध गरिएको जनाउनु भएको छ।