सिन्धुली।मरिण गाउँपालिका वडा नं. -६, धमिलेको नव ज्योती आधारभुत विद्यालय बृहत निःशुल्क दन्त स्वास्थ्य शिविर तथा विद्यार्थीहरूका लागि शैक्षिक, खेलकुद लगायत सामाग्रीहरू वितरण कार्यक्रम सम्पन्न भएको छ। आज बिजयचोक युवा क्लब काठमान्डौंको आयोजना तथा नव न्यानो फाउण्डेसन र ओम चाबहिल डेण्टल हस्पिटल प्राइभेट लिमिटेडको सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविर तथा विद्यार्थीहरूका लागि शैक्षिक, खेलकुद लगायत सामाग्रीहरू वितरण कार्यक्रमका सञ्चालन गरिएको हो।

उक्त विद्यालयका २ सय ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू प्रतिव्यक्ति कपी सात वटा, पेन्सिल १ दर्जन, पेन पाँच वटा, सर्वोत्तम पिठो १ केजी तथा विद्यालयलाई कुकबक्स,चेस -१ वटा, ब्याटमिन्टन -२ वटा, नेट १ थान त्यस्तै ब्याटमिन्टननको कप १२ वटा खेलकुदका सामाग्री वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनु भयो।

साथै आज र भोली मरण गाउँपालिकामा दन्त परिक्षणका लागि २ दिने शिविरको सञ्चालन आजबाट नै सुरु गरिएको छ । बिजयचोक युवा क्लब काठमान्डौंका अध्यक्ष सुधीर नेपालका अनुसार दन्त परिक्षण ओम चाबहिल डेण्टल हस्पिटल डाक्टर कृष्ण घिमिरेले परीक्षण गर्नुहुने जानकारी दिनुभयो । आज मात्रै मरिणका ४ सय ८५ जनाको दन्त परिक्षण गरिएको छ।