मानव शरीरमा दुई वटा मृगौला हुन्छ । अपवादमा कसै कसैमा एउटा मात्र पनि हुने गरेको छ, तर एउटा मात्रै भएपनि दुईवटा समान नै काम गर्न सक्छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्ने भएको हुँदा शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम हुँदा पत्थरीको उच्च जोखिम हुन्छ ।

कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्सह, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी हुने गर्दछ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहे, पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुखे वा मुत्राशय दुख्ने आदि समस्या भए पथ्थरीको लक्ष्यण हुन सक्छ। मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाब फेर्न ग्राहो हुन्छ । पिसाबमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ ।

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्यारकहर्न स्टोन बाह्र्सिकगेको जस्तो सिग भएको आकारका हुन्छन् ।

पत्थरी हुने कारणहरुमा खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी हुने गर्दछ । चिया, कफि, मासु, चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्दा विशेष गरी पथ्थरीको जोखिम बढी हुन्छ ।

क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तयार गरिएका खानेकुरा कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी हुने सम्भवना कम हुन्छ ।

आक्जलेट प्रकृतिको पत्थरी छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ ।

युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खान हुँदैन ।

मौसमअनुसारका फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ ।

पिसावनली,  पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नले नलीमा अड्किएर रक्तस्रावको समस्या पनि उत्पन्न हुन सक्छ । पथ्थरी हुन नदिन वा भएको भए दैनिक खानपानमा ध्यान दिएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्दछ ।