खाङसाङ। फिक्कल गाउँपालिकाले साउन १ गतेदेखि कोभिड -१९ विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन गर्ने जनाएको हो। 

बिहीबार जारी सूचनामा साउन १ गतेदेखि सञ्चालन हुने खोप अभियानमा यसअघि कुनै खोप नलगाएका ५५ वर्ष वा सोभन्दा सबै नागरिकहरू, सार्वजनिक यातायातमा कर्यरत चालक तथा सहचालकहरू, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू, अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिहरू र कोभिड -१९ को खोप लगाएको हुनुपर्ने अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकहरूलाई खोप लगाउन खोप केन्द्रमा उपस्थित हुन भनेको छ। 

गाउँपालिकाले खोप केन्द्रहरू वडा नं. १ को महादेवडाँडा स्वास्थ्य चौकी मा साउन २ गतेदेखि ४ गतेसम्म, वडा नं. २ को स्वास्थ्यचौकी सुमनाम पोखरीमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ३ को स्वास्थ्य चौकी खोलागाउँमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ४ को स्वास्थ्य चौकी खाङसाङमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ५ को सोल्पाठाना खोप केन्द्र अन्तर्गत साउन १ गतेदेखि ३ गतेसम्म र वडा नं. ६ को स्वास्थ्य चौकी रत्नावती खोप केन्द्र अन्तर्गत साउन १ गतेदेखि ३ गतेसम्म खोप लगाउन सकिने छ।