भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम रु छ सय तोकिएको हो ।
पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउन महिना यता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको अवस्था रहेको छ ।

महानगर प्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र  नागरिकहरुलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताउनुभयो । उहाँले  महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गर्नुभयो । जिल्लाका प्रदेश स्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब जम्मा रु. छ सय मात्र लिने जनाएको छ । यसले गर्दा भरतपुरबासी लाई डेङ्गु परीक्षणमा सहज हुनेछ ।

।।।।।।।