काठमाण्डौं । सरकारले खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न आग्रह गरेको हो । खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवकहरु परिचालन गरेर भएपनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन मन्त्रालयको अपिल छ ।

हाल चलिरहेका र सुरु हुने अभियानहरुमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज हुनेगरी व्यवस्थापन गर्न सम्पूर्ण जिल्ला खोप समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय निकाय र सबै सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको छ ।  खोप आपूर्ति बढाउँदै केन्द्रहरु विस्तार गरेपनि खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन हुन नसकेको मन्त्रालयले जनाएको छ ।०००० 

May be an image of text