काठमाण्डौं । सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा ढुक्क भएर लगाउन आग्रह गरेको छ ।

कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा ढुक्क भएर लगाउन आग्रह गरेको हो । अध्ययनहरुलेनै पहिलो र दोस्रो मात्रा बीचको अन्तर लामो भएपनि खोपले प्रभावकारी काम गर्ने पुष्टि भएकोले शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिक लगायतलाई दोस्रो मात्राका रुपमा अहिले सरकारले अष्ट्राजेनेकाको खोप दिइरहेको छ । यी दुई खोप एउटै प्रकृतिका भएकोले कोभिशिल्ड लगाएकाहरुले ढुक्क भएर अष्ट्राजेनेका खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।००००

May be an image of text