तस्विर: दिपा आचार्यको फेसबुकबाट साभार

सिन्धुली। सिन्धुलीमाढीमा आज १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला समन्वय समिती सिन्धुली र नगर किशोरी युवा महिला सञ्जाल कमलामाई नगरपालिका सिन्धुलीको संयुक्त आयोजनामा आज १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवस तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समिती सिन्धुलीका उपप्रमुख सम्झना अधिकारी दनुवारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख आभुषण तिमल्सिना लगाायत जिल्लाका किशोरीहरुको सक्रिय उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय महिला दिवसकोे अवसरमा र्‍याली पनि निकालिएको थियो। जुनार चोकबाट सुरु भएको र्‍याली बजार पुछार हुँदै रातमाटाको सीताराम पार्टि प्यालेसमा पुगेर कोणसभामा परिणत भएको थियो।

महिलाहरुले महिलाको अधिकार शुनिश्चित गर, महिलाको ज्यानको सुरक्षा गर, महिला लाई दुर्ब्यबहार गर्न पाइँदैन लगाायतको नारा लगाएका थिए। कार्यक्रममा कमलमाई नगरपालिकाका सामाजिक शाखाका सागर कुमार ढकालले प्रशिक्षण गराउनु भएको थियो।