सिन्धुली। १ सय ११ औँ अनर्तराष्ट्रिय महिला दिवसको अवसरमा कमलामाई नगरपालिकाका १४ वटै वडाका एक-एक जना एकल तथा विपन्न महिलाहरूलाई २० हजार रुपैयाँ प्रदान गरेको छ।महिलाको सुरक्षा समृद्ध नेपाल निर्माणको आधार, सम्मान र रोजगार भन्ने मुल नााराको साथमा आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो।

कमलामाई नगरपालिकाले महिला दिवसको अवसरमा व्यबसायी गर्न चाहने एकल तथा विपन्न महिलाको प्रोत्साहनको लागि २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री तथा उपप्रमुख मन्जु देबकोटालगाायत कमलामाई नगरपालिकाका अन्य कर्मचारिको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

कमलामाई नगरपाकिलाको वडा नं ५ का फाइबर झोला उद्यमी एकल तथा विपन्न महिला सृजना श्रेष्ठले २० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ। आज वडामा एक औपचारिक कार्यक्रमका बीच श्रेष्ठलाई आर्थिक सहयोग हस्तानतरण गरेको वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्काले जानकारी दिनुभयो।

आज नगरपालिकाको १४ वटै वडामा विशेष कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। त्यस्तै वडा नं १ का सुनिता आले, वडा नं २ का सुकुमाया नेपाली, वडा ३ नं.का शान्ता कुमारी आचार्य, वडा नं. ४ का चनमाया सार्कीले आर्थिक सहयोग प्राप्त गर्नुभएको कमलमाई नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले जानकारी दिनुभयो।

त्यस्तै उहाँका अनुसार वडा नं ६ का लागिमाया थापा मगर, वडा नं ७ का निर्मला विश्वकर्मा, वडा नं. ८ का पम्फा देवी बोहोरा, वडा नं. ९ का कमला कोजु बुढाथोकी, वडा नं १० का सरी माया बैजु, वडा नं ११ का जानुका नेपाली, वडा नं १२ का भबिमाया सार्की, वडा नं. १३ का कृष्ण माया राना मगर र वडा नं १४ का पल्टि झुमा दनुवारलाई आर्थिक सहयोग हस्तानतरण गरिएको जानकारी दिनुभयो ।