सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दैनिक राष्ट्रियगानसँगै सेवाग्राहिहरूलाई सेवा प्रवाह सुरु हुन्छ। बिगत १५ दिन देखि यो अभियान सुरु भएको हो।

अन्य सरकारी कार्यलयमा यस्तो अभियान देखिँदैन तर जिल्ला प्रशासन कार्यलय सिनधुलीले सो अभियान सुरु गरेको हो। प्रत्येक दिन कार्यालयका सम्पूर्ण कर्मचारी दशैबजे उपस्थित हुनुपर्छ। १० बजेर १० मिनेटजाँदा राष्ट्रियगान गाउँदै सेवाग्राहीलाई सेवा दिने गरेको प्रशासकिय अधिकृत भिम बस्नेतले बताउनु भयो।

आज ७१ औँ प्रजातन्त्र दिवसको अवशरमा प्रशासकिय अधिकृत बस्नेतले सिन्धुलीबासिलाई शुभकामना प्रदान गर्नुभएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहिलाई माइकिङ सिस्टममा नाम बोलाइने गरिएको छ। सेवाग्राहीहरू झ्यालमा अटाइनअटाई बस्ने गरेकाले उहाँहरूको सुबिधाको लागि उक्त नियम बनाइएको अधिकृत बस्नेतले बताउनु भयो।

अब सेवाग्राहीहरू लाइनमा उभिनु पर्दैन, आफ्नो नाम बोलाएपछि मात्रै आउने गरेको उहाँले बताउनु भयो।