सिन्धुली। ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल सरकारले ५० प्रतिशत कैद भुक्तानी गरेका असल अनुशासन भएका जिल्ला कारागार सिन्धुलीका दश कैदिहरूलाई माफी मिनाहा गरेको छ। असल अनुशासन भएका कैदिहरूलाई सुध्रिने मौका दिनका लागि ५० प्रतिशत कैद मिनाहा गरिएको सिन्धुलीका निमित्त जेलर मात्रिका प्रसाद पहाडीले जानकारी दिनुभयो।

आज विभिन्न मुद्धाका कैदि माफी मिनाहा भएका छन्। जसमा सवारी ज्यान मुद्धामा रहेका धनुषाका दिपेन्द्र यादब, सिन्धुलीका सुमन भन्ने धन बहादुर भुजेल सिन्धुली, रुपन्देहीका जगदिस चौधरी र अर्जुन सुनार, रामेछापका खड्ग बहादुर माझी, हात हतियार खजना मुद्धामा रहेका दिनेस थापा, ज्यान मार्न उद्योगमा थुनामा परेका चितवनका केशव श्रेष्ठ, चोरी मुद्धामा थुनामा रहेका जनकपुरका ममत दर्जी, कर्तब्य ज्यान मुद्धामा थुनिएका सिन्धुलीका अनिल हायु, धादिङका सन्जय तामाङ कैदिहरूलाई माफी मिनाहा भएको निमित्त जेलर पहाडिले जानकारी दिनुभयो।

जिल्लामा ४ सय ४२ जना कैदिबन्दि रहेका थिए। हातहतियार खजना मुद्धामा दिनेश थापाले ९ वर्ष कारागार बिताउनु भएको छ। उहाँलाई आज कैद माफिमा मिनाहामा छुटिनु भयो। उहाँले सिन्धुली कारागार कारागारभन्दा पनि सुधारकेन्द्र भएको अनुभुति भएको बताउनु भयो। उहाँले कारागाार जीवन बिताइरहँदा निमित्त जेलर मात्रिका पहाडीबाट अनुशासनको पाठ सिकेको बताउनु भयो। उहाँले कारागारबाट सिकेका पाठहरूलाई आफ्नो जीवनमा लागू गरेर सामाजिक कार्यसहितको जीवन यापन गर्ने बताउनु भयो।

त्यस्तै धादिङ घर भएका सन्जय तामाङ कर्तब्य ज्यान मुद्धामा ११ बर्षदेखि कैदि जीवन बिताइरहनु भएको थियो। सन्जय आज कैद मिनाहा माफियामा छुट्नु भएको छ। उहाँले कारागाार जीवन बिताउँदा जीवनमा जानिनजानी, साथिको लहैलहैमा लागेर सरकारले लागू गरेको नियम कानूनको उल्लङ्घन गरेको महशुस गरेको बताउनु भयो। सन्जयले ११ वर्षसम्म ६ जिल्लाका कारागार सर्नुभएको थियो। अन्य जिल्लामा भन्दा सिन्धुली कारागाारबाट अब सकारात्मक काम गर्नुपर्छ भन्ने विचार पैदा भएको बताउनु भयो। १० जना कैदिलाई विदाई गर्दै निमित्त जेलर पहाडीले आगामी दिनमा सकारात्मक जीवन बिताउनका लागि शुभकामना समेत प्रदान गर्नु भएको छ।