सिन्धुली। सिन्धुलीमा जिल्लाकै प्रथम सर्वाधिक पुरस्कार रासीको जिल्ला स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ। स्वर्गीय पिता नर बहादुर बम्जनको सम्झनामा स्मृतिकप फुटबल प्रतियोगिता फागुन १३ गतेबाट हुन लागेको हो।

ब्लु अल्पाइन क्लबको आयोजनामा स्वर्गीय पिताको सम्झनामा छोराहरु छेत्र बम्जन,ङेमा बम्जन र बिष्णु बम्जनको मुख्य प्रायोजनमा खेलकुद प्रतियोगिता हुन लागेको हो। ६ लाख आर्थिक सहयोगमा नरबहादुर स्मृति क्लब फुटबल प्रतियोगिता हुन लागेको आज ब्लु अल्पाइन क्लब सिन्धुलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। स्वर्गीय नर बहादुर बम्जनको १९९५ चैत्र ३ मा मरिन ५ बडिमहनमा जन्म भएको थियो। उहाँको २०६७ साल पुस ४ गते मृत्यु भएको थियो।

पिताको आत्मा शान्तिको लागि स्मृति कपको आयोजना गरिएको छोरा बिष्णु बम्जनले जानकारि दिनुभयो। जिल्लाका खेलाडिहरुको आत्मबल बढाउन तथा प्रोत्साहनका लागि स्मृतिकपको आयोजना गरिएको उहाँलेब ताउनु भयो।

निर्माण व्यवसायी बम्जन निरन्तर रुपमा सामाजिक कार्यमा लागिरहनु भएको छ। उहाँलाई जिल्लामा समाजसेवीको नामले चिनिन्छ। प्रतियोगितामा प्रथम प्रतियोगिलाई २ लाख १० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो प्रतियोगिलाई १ लाख नगद शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

फुटबल प्रतियोगितामा जिल्लाभरिका क्लब तथा संघसंस्थाले सहभागिता जनाउन पाउन सक्ने ब्लु अल्पाइन क्लब सिन्धुलीका सचिब बरण लामिछाने बताउनु भयो । उहाँका अनुसार हरेक खेलाडि टिममा ५ जना खेलाडि बाहिरबाट ल्याउने पाइने छ । खेल अबधिभरमा खेलाडि घाइते भएमा न्युनतम १ लाखको बिमाको पनि ब्यबस्था गरिएको छ ।