सिन्धुली। तामाङ जातिको नयाँ वर्ष २८५७ औँ लाङ ल्हो (गोरु वर्ग) सोनाम ल्हाछारको अवसरमा कविता प्रतियोगिता तथा शुभकामना आदनप्रदान र बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष विज्ञान दोर्जे बलको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष सुर्य पाख्रिन, कमलमाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिङ, नेपाल तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेश अध्यक्ष अजय दोङ तामाङ लगाायत जिल्लाका तामाङहरुको सक्रिय उपस्थित रहेको थियो।

ल्होछारको शुभकामना आदानप्रदान गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख खत्रीले तामाङ संस्कृतिको जगेर्नाको लागि नगरले सहयोग गर्न बताउनु भयो। तामाङ समुदायको छुट्टै संस्कृति रहेको बताउँदै उहाँले तामाङ जातिप्रति सम्मान गर्ने बताउनु भयो।

त्यस्तै नेपाल तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेशले नगर प्रमुख खत्रीलाई कदर पत्र प्रदान गरेको छ। कविता प्रतियोगितामा अनिता बम्जन प्रथम, शन्देस थिङ द्धितीय, सर्मिला मोक्तान तृतीय र रिता थिङ सान्त्वना हुनुभएको छ। प्रथम हुने लाई ३ हजार नगद र प्रमाणपत्र, द्धितीय हुनेलाई २ हजार नगद र प्रमाणपत्र, तृतीय हुनेलाई १ हजार ५ सय नगद र प्रमाण पत्र सान्त्वना हुनेलाई १ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।