सिन्धुली। कमलामाई नगरपालिकाको युवा स्वरोगार कार्यक्रम अन्तर्गत थप ८ जना नयाँ उघमीहरुलाई विना व्याज र धितोमा ऋण उपलव्ध गराईएको छ । कमलामाई नगरपालिकाका  उप प्रमुख मञ्जु देवकोटाको संयोजकत्वमा बुधबार एक औपचारिक कार्यक्रमबीच ऋण उपलब्ध गराउनु भएको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, उधोग विकास शाखाका शाखा प्रमुख सुलोचना लुईटेल, सूचना प्रविधि अधिकृत ई. निर्मल लामा, शशी थापा लगायतको उपस्थितिमा ऋण उपलब्ध गराईको थियो । कमलामाई नगरपालिकाद्धारा प्रारम्भिक अनुगमन गरी छनौट भएका उधमी युवा व्यवसायलाई ऋण उपलब्ध गराईएको हो ।

उद्यमिहरुलाई ब्यवसाय हेरेर २ लाख देखि ५ लाख सम्म ऋण उपलब्ध गराईएको उपप्रमुख देबकोटाले बताउनु भयो । त्यस्तै पहिलो चरणमा ६ जना यूवा उधमीहरुलाई उपलब्ध गराईएको ऋणको अनुगमन पश्चात दोश्रो चरणको बाकी ऋण पनि आजै उपलब्ध गराईएको छ । कमलामाई नगरपालिकाद्धारा आफ्नो नीति तथा कार्यक्रम अनुसार युवा स्वोरोजगार कार्यक्रमको लागी रु एक करोड विनियोजन गरिएको थियो ।

सोही कार्यक्रम अनुसार युवा लक्षित गरि कमलामाई नगरपालिकाद्धारा विना व्याज, विना धितो ऋण उपलब्ध गराउदै आएको छ । हाल सम्म कमलामाई नगरपालिकाद्धारा २० जना युवा उधमीहरुलाई छनौट गरी उक्त ऋण उपलब्ध गराएको छ । व्यवसाय गरि बस्नु भएका युवा उधमीहरुलाई थप टेवा मिलोस भन्ने हेतुले उक्त ऋण उपलब्ध गराईएको जानकारी गराउदै ऋणको सहि उपयोग गर्न नगर उपप्रमुख देबकोटाले निर्देशन दिनुभयो । ऋण लिएका युवा उधमीहरुले पाच महिना पछि १९ किस्तामा उक्त ऋण चुक्ता गरिसक्नु पर्ने छ । उक्त ऋण समयमा चुक्ता नगरेको अवस्थामा कमलामाई नगरपालिकाद्धारा सेवा सुविधा कटौति गरी नियमानुसार कारवाही गरिने जानकारी पनि दिनुभयो ।