सिन्धुलीमा आज  १ सय ४९ जना स्वाथ्यकर्मी तथा एम्बुलेन्स चालकहरूलाई कोरोना बिरुद्धको खोप दिईएको छ । नेपाल सरकारको प्राथमिकताको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम बहन गरेर काम गरीरहेका स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतलाई खोप लाईएको हो ।

आज खोप लिनेमा स्वास्थ्यकर्मी महिला ३३ जना पुरुष ३२ जना,अन्य कर्मचारी महिला १३ पुरुष ९ जना,महिला स्वास्थ्य स्वयमसेविका ५५ जना सरसफाईकर्मी पुरुष २ जना एम्बुलेन्स चालक ५ जना गरी महिला १ सय १ र पुरुष ४८ जना गरि जम्मा १ सय ४९ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय सिन्धुलीका जितोद्र शाहले जानकारि दिनु भयो । योसँगै सिन्धुलीमा कोरोना भाइरस बिरुद्ध खोप लगाउने सङ्ख्या ५ सय ४० पुगेको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशैभर लगाउन शुरु गरिएको संगै सिन्धुलीमा पनि सिन्धुली असपतालमा खोप लगाइरको छ । पहिलो चरण खोप जिल्लामा अग्रपंतिमा काम गर्न कर्मचारिहरुलाई दिइएको हो ।