सिन्धुली। मरिण गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगिता आजबाट मरिनमा सुरु भएको छ । मरिण गाउपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको आज प्रदेस साँसद बुद्धिमान माझि बसन्तले उद्घाटन गर्नुभभएको हो ।

मरिण गाउँपालिका खेलकुद विकास समितिका अध्यष बिष्णु बहादुर माझिको अधयक्षता तथा प्रदेस सांसद् बुद्धिमान माझिको प्रमुख आतिथ्यता रहेका उद्धघाटन कार्यक्रममा मरिन गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन,उपाध्यक्ष संगिता मााझि,हरिहरपुरगढि गाउँपालिकाका अध्यक्ष कार्साङ लामा,लगाायत नेकपाका गाउँ कमिटि अध्यक्ष गोपाल बुढाथोकि लगाायतको उपस्थिती रहेको थियो ।

मरिण गाउँपालिकाका युबा युबतिहरुको क्षमता वृद्धिका साथै खेलाडि उत्पादनको लागि गाउँपालिकाले खेलकुद प्रतियोगिताका लागि बजेट बिनियोजन गरेको अध्यक्ष पानिराज बम्जनले बताउनु भयो । प्रतियोगितामा महिला, पुरुष दुवै समुहको फुटबल र भलिबल प्रतियोगिता हुनेछ । मरिण गाउपालिका वडा नं. –४ सहानको खेलमैदानमा सुरु प्रतियोगितामा गाउपालिका भित्रको सात वटा वडाका ३३ वटा क्लव (समुह)हरुको सहभागिताका रहेको े आयोजक समितिले जनाएको छ । जस मध्ये महिला फुटबल तथा भलिबल तर्फ १६ वटा समुह र पुरुष फुटबल तथा भलिबल तर्फ १७ समुहले सहभागिता जनाउनेछन् ।

पुरुष फुटलब प्रतियोगिताको विजेता समुहले एक लाख नगद पुरस्कारसँगै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने मरिण गाउपालिका खेलकुद विकास समितिका अध्यक्ष विष्णु बहादुर माझीले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेता समुहले ७५ हजार नगद पुरस्कारसँगै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । पुरुष भलिबल तर्फ विजेता समुहले ३० हजार नगद पुरस्कारसँगै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले १५ हजार नगद पुरस्कारसँगैं शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

महिला फुटबलको विजेता समुहले ५० हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्, भने उपविजेता समुहले २५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । महिला भलिबल तर्फ विजेता समुहले ३० हजार नगद पुरस्कारसँगै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्, भने उपविजेताले १५ हजार नगद पुरस्कारसँगैं शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । भोली हुने उद्घाटन कार्यक्रममा खेलाडीहरुको मार्च पास समेत हुने आयोजकले जनाएको छ ।