इलाम । इलामको रोङ् गाउँपालिकामा "सामाजिक रूपान्तरणका लागि युवा, सुरक्षित व्यवस्थित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार " भन्ने मूल नाराका साथ आप्रवासी कामदार दिवसको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । गत पौष ३ गतेदेखि सुरु भएको अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको हो । 

अन्तर्राष्ट्रिय संघ ए डब्लू ओ, मानव अधिकार मञ्च नेपाल इलाम, रोङ गाउँपालिका र युवा सशक्तीकरण सञ्जाल रोङको संयुक्तरुपमा कार्यक्रम आयोजनामा गरिएको हो । 

कार्यक्रममा युवा सशक्तीकरण सञ्जाल रोङका अध्यक्ष तेजकुमार आचार्यको अध्यक्ष, रोङ वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बराल, महिला बालबालिका तथा समाज कल्याण इकाईका प्रमुख रेनुका राई, जनप्रतिनिधि इन्दिरा सिलवाल लगायतको उपस्थिति रहेको  थियो ।

कार्यक्रममा नेपाली युवाहरु विदेशिनुको कारण र विदेशमा रोजगारीको सिलसिलामा झेल्नु परेका समस्याहरु र विदेशी भूमिका सिकेका सीपको नेपालमा कसरी प्रयोग गर्ने र स्वरोजगारी हुने भन्ने सम्बन्धमा अनुभव शेयरीङ् तथा छलफल भएको थियो।