के हो मानव विकास सूचकाङ्क ?

मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने पक्षहरु शिक्षा (विद्यालय जाने उमेर समुह), स्वास्थ्य (‍औसत आयु), रोजगारीको अवस्था, कुल राष्ट्रिय आय, प्रतिव्यक्ति आय, लैङ्गिक विकास लगायतका सम्पूर्ण पक्षहरुको अध्ययन गरी त्यसको आधारमा देशले प्राप्त गरेको अनुक्रमणिका (मान) मानव विकास सूचनाकांक हो । यसले देशको समग्र पक्षको यथार्थ चित्रण गर्दछ ।

सर्वप्रथम सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री महबुब उल हक र अमार्त्य सेनले यसको अवधारणा ल्याए पश्चात संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले प्रत्येक वर्ष विश्वका १८९ देशहरुको मानव विकास सूचकाङ्क प्रकाशन गर्दै आएको छ । प्रत्येक वर्ष UNDP ले डिसेम्बरमा यो सूचकाङ्क सार्वजनिक गर्ने गर्दछ ।

यसरी निकालिन्छ मानव विकास सूचकाङ्क:

  • Life Expectancy Index (LEI) = (LE-20)/(85-20)
  • Education Index (EI) = (MYSI+EYSI)/2
    • [MYSI = Mean Years of Schooling Index, EYSI = Expected Years of Schooling Index]
  • Income Index (II) = [In(GNIpc)-In(100)]/In(75000)-In(100)
  • Finally HDI = 

सन् २०२० मा नेपालको सुधार

  • अनुक्रमणिका: 0.602 (सन् २०१९ मा 0.579 थियो)
  • श्रेणी (Rank): 142 (सन् २०१९ मा 147 औँ स्थानमा थियो)
  • Life expectancy at birth (years) – 70.8 वर्ष (सन् २०१९ मा 70.5 वर्षा थियो)
  • Gross national income (GNI) per capita (constant 2017 PPP$) $ 3,457 (सन् २०१९ मा 2,748)
  • Inequality-adjusted HDI (IHDI) – 0.446 (सन् २०१९ मा 0.430)
  • Gender Development Index (GDI) – 0.933 (सन् २०१९ मा 0.909)
  • Population in multidimensional poverty, headcount (%) – 34.0
  • Employment to population ratio (% ages 15 and older) – 82.6 (सन् २०१९ मा 81.9)
  • Homicide rate (per 100,000 people) – 2.3 (सन् २०१९ मा 2.2)
  • Exports and imports (% of GDP) – 54.9  (सन् २०१९ मा 54.3)
  • Carbon dioxide emissions, per capita (tonnes) – 0.3
  • Total population (millions) – 33.4 (सन् २०१९ मा 28.1)
  • Skilled labour force (% of labour force) – 41.9

मानव विकास सूचकाङ्कमा SAARC मुलुकहरु

 

देश

Rank

HDI (Value)

Life expectancy

Gross National income (GNI) Per capita (PPP$)

Sri Lanka

72

0.782

77

12,707

Maldives

95

0.740

78.9

17,417

Bhutan

129

0.654

71.8

10,746

India  131 0.645 69.7 6,681

Bangladesh

133

0.632

72.6

4,976

Nepal

142

0.602

70.8

3,457

Pakistan

154

0.557

67.3

5,005

Afghanistan

169

0.511

64.8

2,229

मानव विकास सूचकाङ्कमा उत्कृष्ट पाँच मुलुकहरु

देश

Rank

HDI (Value)

Life expectancy

Gross National income (GNI) Per capita (PPP$)

Norway

1

0.957

82.4

66494

Ireland

2

0.955

82.3

68371

Switzerland

3

0.955

83.8

69394

Hong KOng

4

0.949

84.9

62985

Iceland

5

0.949

83.0

54985

 

संकलन: बीर बहादुर सुनुवार