१. प्रदेश २ को नामकरण के तय गरियो ?

- मधेस प्रदेश
– वि.सं. २०७८ माघ ३ को प्रदेश सभाले प्रदेशको नाम मधेस प्रदेश तय गरेको ।
– त्यसैगरी सोही सभाबाट प्रदेशको स्थायी राजधानी जनकपुर तय भएको ।

२. उत्कृष्ट फिफा वर्ष खेलाडी, २०२१ घोषित हुन सफल खेलाडी को हुन् ?

- पुरुषतर्फ : रोबर्ट लेवान्डोस्की, महिलातर्फ : एलेक्सिया पुटेलास
– ३३ वर्षीय लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सलाह तथा पेरिस सेन्ट जर्मेनका लियोनेल मेसीलाई पछि पार्दै लगातार दोस्रो पटक उपाधि रक्षा गरेका ।
– विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडी
– फिफा उत्कृष्ट पुरुष खेलाडी :रोबर्ट लेवान्डोस्की
– फिफा उत्कृष्ट महिला खेलाडी :एलेक्सिया पुटेलास (बार्सिलोना)
– फिफा उत्कृष्ट पुरुष गोलकिपर : एडवर्ड मेन्डी (चेल्सी)
– फिफा उत्कृष्ट महिला गोलकिपर : क्रिस्टियन एन्डलर
– फिफा स्पेसल अवार्ड : क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)
– फिफा उत्कृष्ट पुरुष प्रशिक्षक :थोमस टुचेल (चेल्सी)
– फिफा उत्कृष्ट महिला प्रशिक्षक : एम्मा हेस
– फिफा फेयर प्ले अवार्ड : डेनमार्क
– फिफा उत्कृष्ट फ्यान अवार्ड :डेनमार्क र फिनल्यान्डका फ्यानहरू
– पुस्कास अवार्ड : एरिक लामेला

३. अमेरिकामा सम्पन्न विवाहित महिलाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२२ को उपाधि जित्ने महिला को हुन् ?

- शेलिन फोर्ड (अमेरिका)
– मिसेस अमेरिकन २०२१ कि विजेता अमेरिकाकी शेलिनले अन्य देशका ५७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी । सन् २०२० को मिसेस वर्ल्ड विजेता तथा मिसेस आयरल्यान्ड केट स्नाइडरले उनलाई मिसेस वर्ल्डको ताज पहिराएकी ।
– प्रतियोगितामा यूएईकी देवाञ्जली कामास्त्रले फस्ट रनर्सअप र मिसेस जोर्डन ज्याकलिन स्टाप सेकेन्ड रनर्सअप भएका ।
– मिसेस वर्ल्ड प्रतियोगिता सन् १९८४ देखि आयोजना हुँदै आएको विवाहित महिलाको प्रतिस्पर्धा हो ।

४. द भ्वाइस किड्स, २०७८ को उपाधि जित्ने प्रतिभा को हुन् ?

- जेनिस उप्रेती

५. फिल्म तथा टेलिभिजन जगतको चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?

- द पावर अफ द डग
– सन् २०२२ जनवरीमा अमेरिकाको लस एन्जल्समा सम्पन्न प्रतियोगितामा ‘द पावर अफ द डग’ सर्वोत्कृष्ट फिल्म घोषित भएको ।
– मोसन पिक्चरअन्तर्गत किङ रिचर्डले उत्कृष्ट फिल्मको अवार्ड चुमेको ।
– उत्कृष्ट विदेशी भाषाको फिल्मको उपाधि जापानी फिल्म ‘ड्राइभ माइ कार’ले जितेको ।
– त्यस्तै एनिमेटेड फिल्मको अवार्ड ‘इन्क्यान्टो’ एवं बेस्ट ओरिजिनल स्कोरको अवार्ड फिल्म डुनले जितेका ।

६. पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल प्रत्यारोपण कहिले गरियो ?

- सन् २०२२ जनवरी ७
– अमेरिकास्थित मेरिल्यान्ड निवासी ५७ वर्षीय डेभ वेनेटको अस्वस्थ मुटु झिकेर सुँगुरको मुटु प्रत्यारोपण गरिएको ।
– मेरिल्यान्ड विश्वविद्यालय मेडिकल सेन्टरमा चिकित्सक वार्टली ग्रिफिथको नेतृत्वमा सात जना चिकित्सकद्वारा सो शल्यक्रिया सम्पन्न गरिएको ।

७. महिला अधिकारको सम्मान गर्ने आश्वासन दिएको केही दिनपछि तालिबानले अफगानिस्तानमा सहशिक्षामाथि प्रतिबन्ध कहिले लगाएको हो ?

- सन् २०२१ अगस्ट

८. सन् २०२२ को शीतकालीन ओलम्पिक (Winter Olympics) को आयोजक राष्ट्र कुन हो ?

- चीन (यस ओलम्पिकको नारा Together for a shared future रहेको ।)

९. कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्ट पहिलो पटक कुन देशमा फेला परेको हो ?

- दक्षिण अफ्रिका
– ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा सन् २०२१ नोभेम्बर २६ मा भेटिएको ।
– डब्लूएचओले सन् २०२१ नोभेम्बर २६ मा सो भाइरसलाई ओमिक्रोन नामकरण गरेको ।
– डब्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’ ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामै भेटिएको भेरियन्ट (यसअघि)लाई ‘विटा’, भारतमा भेटिएको भेरियन्ट (बी–१.६१७.२)लाई ‘डेल्टा’ एवं भारतमै भेटिएको अर्को भेरियन्ट (बी–१.६१७.१) लाई कप्पा नामकरण गरेको ।
– जुन देशमा भेरियन्टको पहिचान भयो, त्यही देशको नामका आधारमा कोभिड–१९ को भेरियन्ट नामकरण हुन थालेपछि विवाद बढेपश्चात् सो विवादलाई दृष्टिगत गरी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे ३१ देखि ग्रिक अल्फाबेटका आधारमा अर्थात् नयाँ तरिकाले नामकरण गर्न थालेको ।
– भाइरसको आनुवंशिक संरचनाका आधारमा परीक्षण गरी खोप र औषधिको उत्पादनका लागि नामकरण गर्ने गरिएको ।
– भाइरोलोजिस्ट र वैज्ञानिकहरूको समूहले निण्कालेको निष्कर्षका आधारमा इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आईसीटीभी)द्वारा नामकरण गर्ने गरिएको ।
– नेपालमा यो भेरियन्ट वि.सं. २०७८ मङ्सिर २० मा भेटिएको ।

१०. कमला ह्यारिस अमेरिकाको कार्यवाहक राष्ट्रपति (पहिलो महिला कार्यवाहक राष्ट्रपति) कहिले बनिन् ?

- सन् २०२१ नोभेम्बर १९

११. सर्वोच्च अदालतमा गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने कार्यको सुरुवात कहिलदेखि गरिएको हो ?

- वि.सं. २०७८ मङ्सिर १५

१२. विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?

- दक्षिण कोरिया
– दक्षिण कोरियास्थित वुसानको समुद्र तटीय क्षेत्रमा निर्माण गरिने सो सहर हावाहुरी बाढी प्रतिरोधात्मक हुने जनाइएको ।
– कङ्क्रिटभन्दा तीन गुणा कडा चुन ढुङ्गाको कोटिङ प्रयोग गरी हेक्जागोनल अर्थात् षट्कोण प्लेटफर्ममा सो परियोजना निर्माण गरिने ।
– परियोजना सन् २०२५ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको ।

१३. मिस युनिभर्स २०२१ को उपाधि जित्ने युवती को हुन् ?

- हरनाज सिन्धु (भारत)
– भारतले २१ वर्षपछि (सन् २००० मा लारा दत्त) यो उपाधि जित्न सफल भएको ।
– यस प्रतियोगितामा पाराग्वेकी नादिया फेरेइरा फस्र्ट रनर्सअप र दक्षिण अफ्रिकाकी लालेला स्वान सेकेन्ड रनर्सअप घोषित भएका ।

१४. उद्योग दिवस २०७८ को नारा के हो ?

- स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान
– नेपालमा हरेक वर्ष मङ्सिर ९ मा यो दिवस मनाउने गरिएको ।
– वि.सं. १९९३ मङ्सिर ९ मा उद्योग परिषद् स्थापना भएको दिनको अवसर पारी यो दिवस मनाउन थालिएको ।
– वि.सं. २०७१ चैत २० को मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउने निर्णय गरेको ।

१५. क्यारेवियन टापु राष्ट्र वार्वाडोसले बेलायतकी महारानी एलिजावेथलाई आफ्नो देशको राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक कहिले बनेको हो ?

- सन् २०२१ नोभेम्बर ३०
– डेम स्यान्ड्रा मेसन वार्वाडोसको राष्ट्रपति बनेकी ।
– बेलायतकी महारानीको ठाउँमा उनी वार्वाडोसको राष्ट्रप्रमुख बनेकी ।

१६. विश्वको दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?

- कुश्मा, पर्वत
– सुपरम्यान शैलीमा निर्मित सो जिपलाइन वि.सं. २०७८ पुस २४ देखि सञ्चालनमा आएको ।
– कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने सो जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० कि.मि.को गतिमा चलेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ ।
– १४८० मिटरको दूरी पार गरिसक्दा कम्पनी (हार्नेस प्रा.लि.)ले नै निर्माण गरेको एडभेन्चर रिसोर्टमा पुगेर जिपलाइन ल्यान्डिङ हुन्छ ।
– सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो जिपलाइन दुबईमा रहेको छ ।

१७. काठमाडौंमा आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला अवार्ड कसलाई प्रदान गरियो ?

- अनुपमा खुञ्जेली (सीईओ, मेगा बैङ्क नेपाल)
– बैङ्किङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको ।
– सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैङ्कको प्रथम महिला सीईओ हुनुहुन्छ ।
– एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवाको वर्गमा मुक्तिनाथ विकास बैङ्क सम्मानित भएको ।

१८. मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल बन्न सफल युवती को हुन् ?

-उर्मिला उप्रेती सिलवाल (भैरहवा)
– (रिवन इन्टरटेन्मेन्टद्वारा आयोजित सो प्रतियोगिताको उपाधि विजेता उर्मिलाले विवाहित महिलाबीच म्यानमारको मान्डलेमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।)

१९. सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?

- प्रथम विश्वयुद्ध
– (प्रथम विश्वयुद्ध समाप्त भएको १०३ वर्ष पुगेको अवसरमा सो समारोह आयोजना गरिएको ।)

२०. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा विद्युतीय शासन अवस्थाको लेखाजोखा मूल्याङ्कनमा पहिलो बन्न सफल स्थानीय तह कुन हो ?

- चौरजहारी नगरपालिका (रुकुम पश्चिम)
– सातवटा विषयलाई १०० पूर्णाङ्कमा समेटी मूल्याङ्कन गरेर तयार पारिएको सो प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाले ८० अङ्कका साथ पहिलो स्थान हासिल गरेको ।
– प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तहमा आठ नगरपालिका, तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका रहेका ।
– प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तह

स्थानीय तह प्राप्ताङ्क:

चौरजहारी नगरपालिका (पश्चिम रुकुम) ८०
वालिङ नगरपालिका (स्याङ्जा) ७८
कीर्तिपुर नगरपालिका (काठमाडौं) ७८
खैरहनी नगरपालिका (चितवन) ७६
धनगढी उपमहानरपालिका (कैलाली) ७६
ज्वालामुखी गाउँपालिका (धादिङ) ७५
कन्काई नगरपालिका (झापा) ७४
गौर नगरपालिका (रौतहट) ७३
पोखरा महानगरपलिका (कास्की) ७१
तुलसीपुर उपमहानगरपालिका (दाङ) ७१
शारदा नगरपालिका (सल्यान) ७०
गुर्भाकोट नगरपालिका (सुर्खेत) ६८
सखुवान्करकट्टी गाउँपालिका (सिराहा) ६८
नेपालगञ्ज उपहानगरपालिका (बाँके) ६८
मेल्लेख गाउँपालिका (अछाम) ६८

२१. प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) को उपाधि कसले जित्यो ?

- एपीएफ क्लब
– धनगढीमा सम्पन्न सो प्रतियोगितामा च्याम्पियन बन्दै ट्रफीसहित नगद पाँच लाख रुपियाँ प्राप्त गरेको ।
– उपविजेता बनेको प्रदेश १ ले तीन लाख रुपियाँ र ट्रफी प्राप्त गरेको ।
– नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना र सुदूरपश्चिम क्रिकेट सङ्घको सहआयोजनामा २०७८ पुस ३–११ सम्म सो प्रतियोगिता सञ्चालन भएको ।
– प्रतियोगितामा सात प्रदेशका सात टिम र विभागीय टिम एपीएफ क्लबको सहभागिता रहेको ।

२२. दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?

- सन् २०२१ डिसेम्बर २६
– नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीति अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहनुभएको ।
– नोबल शान्ति पुरस्कार विजेता टुटुले रङ्गभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर अहं भूमिका निर्वाह गर्नुभएको ।
– अश्वेत जातिका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहनुभएको ।

२३. बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ?

- नेपाल (नेपालले ढाकामा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराई उपाधि हात पारेको।)
– योसँगै नेपालले लगातार दोस्रो पटक यो उपाधि जित्न सफल भएको । नेपालले बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको थियो ।
– दोस्रो संस्करणको च्याम्पियनसिपमा श्रीलङ्काले तेस्रो स्थान हासिल गरेको ।
– च्याम्पियनसिपमा बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको ।
– पुरुष भलिबल टिमतर्फ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भने चौथो स्थान हासिल गरेको । यो विधाको फाइनलमा श्रीलङ्काले घरेलु टिम बङ्गलादेशलाई हराएर उपाधि जितेको ।

२४. हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?

- वि.सं. २०७८ पुस १५ (जिल्लामा रहेको एक मात्र छायाँनाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा, नाउर, झापागाड र चैनलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको।)

२५. ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?

- सुदूरपश्चिम (पुस १५ गतेको रात सबैभन्दा लामो हुने मान्यताका साथ यो रातलाई ठूली रात मानी राति मिठोमिठो खानेकुरा खाएर रमाइलो गरेर जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको ।)
– पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने चलन रहेको ।
– तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट यही दिन कुन्क्यौली (वनभोज) खाने चलनसमेत रहेको ।
– डिसेम्बर २२ तारिखलाई विश्वभर नै सबैभन्दा छोटो दिन भनिए पनि यहाँ भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ ।
– भारतमा पुस १५ लाई लोहरी पर्वका रूपमा मनाउने गरिन्छ ।

२६. तनहुँको व्यास र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कहिले कायम गरिएको हो ?

- वि.सं. २०७८ पुस (समृद्धिका लागि सँगसँगै भन्ने नारासहित दुई पालिकाबीच मितेरी सम्बन्ध कायम गरिएको।)
– रीति, संस्कृति र परम्परा साटासाट गरी पर्यटक आकर्षित गर्न, विकासको मोडलमा छलफल र साझेदारीका रूपमा काम गर्न सम्बन्ध स्थापित गरिएको ।
– पहाड र समथर क्षेत्रको खानपिन एवं उत्पादित वस्तुको आदानप्रदानमा सहजता हुने साथै व्यापारिक समन्वयमा मितेरी सम्बन्धले महìवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको ।

२७. मिसेस नेपाल वर्ल्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?

- दीक्षा केसी (वाफल, काठमाडौँ)
– दीक्षाले उपाधिसहित सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने । यसै वर्षदेखि मिसेस नेपाल वर्ल्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता हुने ।
– प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता एमएस इन्टरनेसनल भएका । उनीहरूले उपाधिसहित सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गरेका ।
– रिवन इन्टरटेन्मेन्टको आयोजना तथा कि एडभर्टाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वर्ल्ड फस्र्ट रनर्स–अप, राजश्री थापा मिसेस नेपाल वर्ल्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप भएका ।

२८. गंकी–धुस्वाँ–वसुन्धरा पुरस्कार २०७८ कसलाई प्रदान गरियो ?

- उपन्यासकार नीलम कार्की निहारिका
– त्यसैगरी यस वर्षको धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिंह डङ्गोललाई प्रदान गरिएको ।
– दुवै पुरस्कार ५०/५० हजार रुपियाँ राशिको रहेको ।

२९. विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ सेवा कहाँ सुरु भएको छ ?

- कुस्मा, पर्वत (वि.सं. २०७८ पुस १३)
– कालीगण्डकीनदीमाथिको भीरमा उक्त सेवा सञ्चालनमा आएको ।
– २२८ मिटर उचाइमा रहेको साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटर रहेको ।
– विश्वकै दोस्रो अग्लो बञ्जी सञ्चालन गरिरहेको द क्लिफले सो सेवा सञ्चालनमा ल्याएको ।

३०. कवि शिरोमणि लेखनाथ पौड्याल साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

- साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेल
– सरुभक्तलाई २०७७ साल र खकुरेललाई २०७८ सालको पुरस्कारबाट सम्मान गरिएको ।
– कोरोनाका कारण गत वर्ष पौड्यालको जन्मजयन्ती नमनाएका कारण गत वर्षसँगै यस वर्षको पुरस्कार एकै पटक प्रदान गरिएको ।
– पुरस्कारको राशि ५०/५० हजार रुपियाँ रहेको ।

३१. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?

- वि.सं. २०७८ पुस ७
– सेवाग्राही र सेवा प्रदायकलाई सूचना प्रविधिसँग जोड्दै सरकारी सेवा प्रदायकले प्रदान गर्ने सेवाबारे समयमै सुसूचित गर्ने उद्देश्यले सरकारले यो सेवा सुरुवात गरेको ।
– हाल महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त सेवा प्रदान गर्ने सम्झौता भएको ।
– क्रमशः अन्य कार्यालयमा यो सेवा विस्तार
गरिने भएको ।

३२. अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कहिले मनाउने गरिन्छ ?

- डिसेम्बर १८
– संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ बाट यसलाई कार्यान्वयनमा ल्याएको र संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेपश्चात् नेपालमा पनि यो दिवस मनाउँदै आइएको ।
– ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ भन्ने मूल राष्ट्रिय नाराका साथ यस वर्ष (सन् २०२१ मा) यो दिवस मनाइएको ।

३३. बेलायतमा विद्युतीय विमानको सफल परीक्षण उडान कहिले गरिएको हो ?

- सन् २०२१ नोभेम्बर २३

३४. चीनद्वारा पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण कहिले गरिएको हो ?

- सन् २०२१ नोभेम्बर ५

३५. सन् २०२१ को बुकर पुरस्कार कसलाई प्रदान गरियो ?

- डामोन गाल्गोट (दक्षिण अफ्रिकी लेखक)

३६. गोरखापत्रको कोहलपुर प्रकाशनको परीक्षण छपाइ कहिले गरिएको हो ?

- वि.सं. २०७८ मङ्सिर ४
– परीक्षण प्रकाशनपश्चात् (फागुन ७ भित्रै) नियमित प्रकाशन सुरु गर्ने योजना रहेको ।
– पश्चिम नेपालका तीनवटा प्रदेशका सबै जिल्लामा सहज र छिटो गोरखापत्र पुगोस् भन्ने उद्देश्यअनुरूप कोहलपुर प्रकाशन सुरु गरिएको ।

३७. बेलायतद्वारा पहिलोपटक कोरोनाविरुद्धको खाने औषधि स्वीकृत कहिले गरिएको हो ?

- सन् २०२१ नोभेम्बर ३

३८. नेपालमा पहिलो पटक रेम्डेसिभिर उत्पादनको थालनी कहिलेदेखि भएको हो ?

- वि.सं. २०७८ असार १३

३९ . एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?

- फुङलिङ न.पा., ताप्लेजुङ 
– (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष (२०७७/७८) देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजनाको तयारी थालेको ।)

४०. अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड हात पार्न सफल चलचित्र कुन हो ?

- गड्ज बफ्यालो
– सिन्धुपाल्चोकको चनौटेमा उर्लिएको बाढीले बगाएको भैँसीको कथालाई समेटेर सो चलचित्र निर्माण गरिएको । बगाएको भैँसी भेट्टाउनुमा अति नै दुःखकष्ट झेल्नुपरेको कथाव्यथा त्यसमा समेटिएको ।
– गड्ज बफेलोले एक हजार अमेरिकी डलर पुरस्कारसमेत हात पारेको ।
– १९औँ संस्करणको सो महोत्सवमा नेपाल पानोरमा खण्डअन्तर्गत किरण श्रेष्ठ निर्देशित चलचित्र ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान चलचित्र बन्न सफल भएको । जितसहित फिल्मले एक लाख रुपियाँ नगद पुरस्कार हात पारेको ।
– अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुई लाख रुपियाँ पुरस्कार प्राप्त गरेको ।
– महोत्सवमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा संलग्न रहेका ।

४१. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?

- सन् २०१७–२०२१

४२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन कहिलेदेखि सुरुवात भएको हो ?

- वि.सं. २०७८ मङ्सिर १९
– यस वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्सा शास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको ।
– पहिलो पटक एमबीबीएससहित बी फर्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको ।
– आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्ययन गर्न २० जनाको कोटा तोकिदिएको । पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको । फार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको ।
– प्रतिष्ठानले हाल तीन सय शैया क्षमताको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको ।
– प्रतिष्ठानमा गत वर्षदेखि पोस्ट ग्राजुएसन (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका । यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको ।

४३. राष्ट्रिय बाघ गणना २०७८ को सुरुवात कहिलेदेखि गरिएको हो ?

- वि.सं. २०७८ मङ्सिर १९
– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनसहित देशभर बाघ भएका जङ्गलमा मङ्सिर १९ देखि सर्वेक्षण सुरु गरेको ।
– वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवद्वारा बुट्यानमा जडान गरिएको क्यामरा अन गरेर सर्वेक्षणको शुभारम्भ गरिएको ।
– नेपालमा सन् २००९ मा १२१ वटा, सन् २०१३ मा १९८ वटा र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको ।
– नेपालले सन् २०१० मा रसियाको सेन्ट पिटसवर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।

४४. सन् २०२१ डिसेम्बरमा जर्मनीको चान्सलरमा नियुक्त व्यक्तित्व को हुन् ?

- ओलाफ स्कोल्ज (६३ वर्षीय स्कोल्ज मर्केलको सरकारमा उपचान्सलर रहेका।)
– जर्मन संसद् वुन्डेस्टागमा स्कोल्जको पक्षमा ३९५ र विपक्षमा ३०३ मत खसेको ।

४५. वि.सं. २०७८ मङ्सिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले अध्यक्षमा कसलाई चयन ग-यो ?

- राजेन्द्र लिङ्देन
– अध्यक्षसहित १४९ कार्यसमिति चयनका लागि मङ्सिर १८ मा भएको मतदानबाट प्रतिस्पर्धी कमल थापालाई दुई सय मतान्तरले पछि पार्दै लिङ्देन अध्यक्ष निर्वाचित भएका ।
– २०४९ मा राप्रपाको विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष बनेका लिङ्देन २०७४ सालको संसदीय चुनावमा झापा–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ।
– त्यस्तै महामन्त्रीमा धवलशमशेर राणा, भुवनकुमार पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही
निर्वाचित भएका ।

४६. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउने निर्णय ग-यो ?

- सन् २०२१

४७. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ ? -पाँचथर

४८. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?

- कोभिड–१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग
– बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड–१९ लगायत रोग सङ्क्रमण भएका एवं आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग
गर्न सकिने ।
– रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने ।

४९. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन् ?

- लियोनल मेसी
– अर्जेन्टिनी कप्तान तथा पीएसजीका स्ट्राइकर लियोनल मेसी कीर्तिमानी रूपमा सातौँपटक सो अवार्ड जित्न सफल भएका ।
– बालोन डि’अरअन्तर्गत महिलातर्फको उपाधि बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी ।
– वायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की ‘स्ट्राइकर फर द इयर’ घोषित भएका ।
– वार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्री गोन्जालेज सन् २०२१ को उत्कृष्ट युवा खेलाडी घोषित भएका ।
– इटालीका गोलरक्षक जियानलुगी डोनारुमा यासिन ट्रफी प्राप्त गर्न सफल भएका ।
– वर्षको उत्कृष्ट क्लब चेल्सी घोषित भएको ।

५०. बेलायतको लन्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१’बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

- एनएमबी बैङ्क
– चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता देशका प्रतिस्पर्धीलाई पछि पार्दै एनएमबी एसियाकै उत्कृष्ट बैङ्क घोषित भएको ।
– एनएमबी बैङ्कले ‘द बैङ्क अफ द इयर २०२१ अवार्ड पनि जितेको ।

५१. १२औँ राष्ट्रिय जनगणनाको नारा के रहेको छ ?

- मेरो गणना, मेरो सहभागिता (२०७८ कात्तिक २५–मङ्सिर ९)
– देशभर कात्तिक २५ देखि सुरु भएको १२औँ शृङ्खलाको राष्ट्रिय जनगणनामा लिपुलेक, लिम्पियाधुरा कालापानी र छिटपुट घरपरिवारबाहेक शतप्रतिशत जनसङ्ख्या जनगणनामा सहभागी भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको ।
– करिब दुई महिनाभित्रै जनगणनाको प्रारिम्भक नतिजा सार्वजनिक गर्ने, त्यस्तै एक वर्षभित्र जनगणनाको मुख्य तथ्याङ्क समेटिएको राष्ट्रिय प्रतिवेदन तयार गर्ने साथै विषयगत प्रतिवेदन भने राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरिएको वर्ष दिनभित्र सार्वजनिक गर्ने विभागले जनाएको ।

५२. इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१:२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?

- एनआईसी एसिया बैङ्क
– (आईएसओ २७००१ मापदण्डको आवश्यकताअनुसार बैङ्कले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणको सुरक्षाको सुनिश्चितता देखाएबापत प्रमाणपत्र प्राप्त गरेको ।)

५३. रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

- ५२.४ मे.वा. (२०७८ मङ्सिरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको)
– रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजी र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई विमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ कि.मि. लामो भूमिगत सुरुङमार्फत खिजिदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको ।
– उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको ।
– उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली न.पा.–६ खिम्तीमा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको ।

५४. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?

- पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

५५. तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ कहिले जारी गरिएको हो ?

- वि.सं. २०७७ आश्विन १२
– अध्यादेशमा एसिड आक्रमण गरेमा २० वर्षसम्म कैद सजायसहितका प्रावधान रहेका ।
– एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउने एवं अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुगेमा पीडकलाई २० वर्षसम्म कैद सजायको व्यवस्था अध्यादेशमा रहेको ।
– शरीरको कुनै पनि भागमा एसिड परे मात्रै पनि १० वर्ष सजाय भुक्तान गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।
– एसिड बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेय पदार्थको बोतलमा एसिड राख्न नपाइने व्यवस्था पनि अध्यादेशमा रहेको । सिल गरिएको बोतलमा मात्र एसिड बेच्न पाइने र खुला रूपमा बिक्री–वितरणमा पूर्ण बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको ।
– बिक्रेताले आफूले ल्याएको एसिडको परिमाण खुल्ने परिचयपत्रको फोटोकपीसमेत राख्नुपर्ने, एसिड आक्रमण गर्नेको सजाय मिनाहा गर्न नपाइने, एसिड आक्रमणका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किराना लगाउनुपर्ने, आक्रमणकारीबाट उपचार खर्च गराउनुपर्ने, जरिबानाबापतको रकम अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगेर अपराधीको सम्पत्तिबाट असुल गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।

५६. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?

- रु. २०,५४३
– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न रहेका ।
– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार ७६८ रुपियाँ रहेको । ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।
– प्रतिवेदनअनुसार वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत रहेको । त्यस्तै तलबबापतको खर्च भने १६.९ प्रतिशत मात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।
– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग/संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

-संकलन: बीर बहादुर सुनुवार।