राजधानी निकटका केही ब्रुजुकहरुले कर्णालीको क्षेत्रलाई कमजोर भुगोलको नामकरण गर्ने गरेता पनि कर्णाली एक सुनको डल्लो हो । त्यहाँ सम्भावनाका खानीहरु छन् । सम्भावना नै सम्भावनाले भरिएको कर्णालीमा धेरै प्रतिभाहरु अवसर र सक्षमता प्रदर्शन गर्ने स्थान थाहा नपाएर भनौ या मेसो नपाएर धेरै युवाहरु आफ्नो क्षमता बाहिर निकाल्न नसकेको अवस्था छ।
कर्णलीका युवाहरुले राज्यबाट उपलब्ध अवसर र सम्भावनाबाट बञ्चितीमा पर्नु बाध्यात्मक परिस्थिति भनौ यहाँ यस्तै आफु योग्य नीति निर्माण गर्ने बु्रजुकहरुको साँघुरो बुजाइले गर्दा कर्णाली राज्यका हरेक क्षेत्रमा पछि परेको अवस्था हाम्रो सामु यथार्थ हो ।
यसै सन्दर्भमा सम्भावनाको प्रयोग र अथक मेहनतले सफलता प्राप्ति गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण पात्र हुन कर्णाली प्रदेशको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा न १ का मंगल बहादुर बिष्ट । २०५३ सालमा जन्मिएका बिष्ट बाल्यकालदेखि नै क्रान्तिकारी र परिवर्तनकारी स्वभावका थिए । उनले बाल्यकालदेखि नै गोठाला जाँदा अनेक किसिमका आश्चार्यजनक क्रियाकलापहरु गर्थे । देशमा जनयुद्धको चरम अवस्था भएका बेला गाउँमा शिक्षाको प्रभावकारीता खासै थिएन । प्राथमिक शिक्षा आफ्नै गाउँमा रहेको नुवादेव प्राथमिक विद्यालयमा औपचारिक शिक्षाको सुरुवात गरेका बिष्ट बाल्यकालदेखि नै निरन्तर पढाइमा अब्बल थिए । घरमा आमा बुवालाई घाँस दाउरा ल्याउने, घरको खाना पकाउने वस्तु भाउलगायत घरायसी काममा समेत सानैदेखि ठुलो मान्छेसँग प्रतिस्पर्धी भावना भएका बिष्ट घरका सबै काममा अब्बल थिए । उनले घरको काम गरेको प्रभावले छिमेकी र गाउँलेसमेत चकित पर्थे । गोठाला जाँदासमेत हातमा किताब बोकेरे गाउँका रङ्गी बिरङ्गी पहाडसँग हातेमालो गर्दै उनै डाँडाकाँडामा किताब र वस्तुभाउसँग समय बिताउने गरेको मीठो अनुभव बिष्ट बताउछन् ।
कोटवाडामा रहेको नन्दादेवी उ.मा.वि.बाट २०६७ सालमा एस.एल.सी. उत्तिर्ण गरेका बिष्ट गाउँ र विद्यालयमै प्रथम श्रेणीमा उत्तिर्ण हुने पहिलो व्यक्ति बने । माध्यमिक तहको पढाइसँगै उच्च शिक्षा अध्ययन मंगल प्रसाद उ.मा.वी. नेपालगञ्जबाट विज्ञान बिषयमा प्रमिणता प्रमाणपत्र तह प्रथम श्रेणीमा कलेज टप गरी वि.एस.सी. पढ्न त्रि-चन्द्र कलेज काठमाण्डौमा आए । जीवनमा कहिल्यै दोस्रो नभएका बिष्ट काठमाडौ प्रवेशसँगै हरेक चुनौती र समस्यासँग झेल्नु पर्यो । सामान्य घरपरिवारबाट जन्म लिएका बिष्टलाई काठमाडौंमा पढाई गर्न मात्र नभई बसाइ र पढाइमा खर्च व्यवस्थापन र जोहो गर्न निकै अप्ठ्यारो भयो । तत्पश्चात मनमा अनेकौँ उर्जा उत्साह र सक्षमता र पढने तिब्र चाहना हुँदाहुदै बाध्यताले बि.एस.सी. भर्ना भएर पारिवारिक समस्याका कारण निजी स्रोतमा श्री मंगलासैनी माध्यमिक विद्यालयमा विज्ञानरगणित शिक्षकको रुपमा आवद्ध भए । गाउँमै बसेर पढ्दै पढाउँदै ०७४ सालमा बि।एस।सी उतिर्ण गरेका बिष्ट राजनीतिक रुपमा पनि निकै परिवर्तनकारी र अव्बल देखिन्छन् । कर्णालीको त्यो माटोसँग लडिबुढि खेल्दै, कालिकोटका वन पाखापखेरासँग रमाएका निकै रोचक र स्मरणीय पलहरु सम्झन छन् बिष्ट । त्यहि माटोको आडमा कतै नहढबढाई नडराई नकराई हार नमानी चुनौति र समस्यासँग लड्ढै अप्ठ्याराहरुसँग लडिबुढि खेल्दै संघर्षका डोबहरुसँग रमाउँदै बिष्टले ०७५ साल भदौ ११ गते लोकसेवा पढ्ने साथीहरू जानकारी प्राप्ति भइ सेडेप नेपाल नेम पुतलीसडकमा शाखा अधिकृतका लागि पढाइको तयारी सुरु गरे ।
एकातर्फ जागिर खानु पर्ने बाध्यता र अर्कोतर्फ पारिवारिक व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी उनको छदै थियो । तयारी सुरु गर्ने क्रममै शाखा अधिकृतको विज्ञापन नखुल्ने भयो रु कर्मचारी समायोजनका कारण त्यस वर्ष लोकसेवाले खासै विज्ञापन खुलाएन । त्यसै वर्ष अन्य संस्थान र न्यायतर्फ खुलेका नासु खरिदारका विज्ञापन र स्थानीय तहका गरी खरिदारदेखि अधिकृतसम्म चौथो तहदेखि सातौँ तहसम्म एकै वर्ष लोकसेवाका विभिन्न सात पदमा नाम निकालेर बिष्टले लोकसेवामा समेत आफ्नो नाम अब्बल गराउन सफल भए। आफ्नो माटो र आफ्नो ठाउँलाई गिद्दे नजर लाउने राजधानीका भुसतिक्रेहरुलाई कर्णाली कमजोर छैन भन्ने एक गतिलो उदाहरणसमेत भए ।
विभिन्न सात वटा पदहरु वरिष्ठ सहायक पाचौ-२०७६ (काठमाडौ उपत्यका विकास प्राधिकरण), नायव सुब्बा-२०७६, खरिदार-२०७६, अधिकृत छैटौ-२०७६ (संघिय लोकसेवाबाट), सहायक पाचौ-२०७६, सहायक चौथो-२०७६ र सहायक प्रबन्धक (वरिष्ठ अधिकृत) सातौँ तह-२०७६ गरी सात र शाखा अधिकृत -२०७६ नेपाल सरकार यसरी बिष्टले लोकसेवामा आफ्नो नयाँ किर्तिमान कायमसमेत गरेका पाइन्छ ।
यस पालीको शाखा अधिकृतमा कालिकोटबाट बिष्टले प्रतिनिधित्व गरेका छन । धेरै युवाहरुका सफलताको प्रेरणादायी स्रोतका रुपमा उदाहरणीय पात्र हुन बिष्ट । गरिब परिवारका छोराछोरीलाई जागिर खान दिने एक मात्र संस्था लोकसेवा आयोग रहेछ बिष्ट वताउछन। गरिब परिवारबाट अनेकौ समस्याका बाबजुत अनेकौ चुनौती लाई सामना गर्दै निकै छोटो र कलिलो समयमा कालिकोटको त्यो भुमिबाट आएर बाल्यकालदेखि निजि स्कुलमा पढेका र घर परिवारबाटै लोकसेवा प्रतिको चासो र बाटो तय गरेका लोकसेवाका हजारौँ प्रतिस्पर्धीहरुसँग सामना गर्नु चानचुने कुरा होइन । तरपनि प्रहिलो प्रयासमै शाखा अधिकृत बनेका बिष्ट नरहरिनाथ गाउँपालिकाको पहिलो शाखा अधिकृत बनेर नयाँ किर्तिमानसमेत राखेका छन् ।
आफुमा दृढ संकल्प, दृढ प्रतिज्ञा र अथक मेहनत तथा निरन्तर प्रयास गरे परिश्रमबाट कोही पछाडी हट्दैन । उसले मेहनतको फल प्राप्त गर्न सक्छ भन्ने गतिलो उदाहरणका रुपमा बिष्टलाई लिन सकिन्छ । राज्यबाट हरेक हिसाबले उपेक्षित गरिएको कर्णाली अनि कालिकोटको माटोमासमेत बिष्ट जस्ता प्रतिभा भएका थुप्रै युवाहरु छन् । अवसर र पहुँचबाट पछाडी पारिएका युवहरुलाई अबको बाटोमा बिष्टले जतिसक्दो माथि उकास्न प्रयास गर्ने बिष्ट बातउँछन् । अवसरको खोजी निरन्तर मेहनतबाट सम्भावनालाई पूर्णतामा ढाल्न सकिन्छ भन्ने उदाहरणका रुपमा बिष्टलाई लिइन्छ ।
औपचारिक शिक्षाको जीवनमा कहिल्यै दोस्रो नभएका बिष्ट पहिलो प्रयासमै शाखा अधिकृत बनेर कालिकोट जिल्लाबाट शाखा अधिकृत ब्याच-३५ मा प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन् । जसले गर्दा राज्यको हरेक तवरबाट उपेक्षित गरिएको कर्णालीका प्रतिभाहरुको संरक्षण प्रवर्द्धन र प्रस्फुटन गरी युवा प्रतिभा उत्पादनमूलक बनाउनु आजको आवश्यकता हो ।

(कालिकोटका विष्ट नेपाल सरकारका शाखा अधिकृत हुन्)