काठमाडौं। लोक सेवा आयोग प्रदेश कार्यालयहरूले नायब सुब्बा वा सो सरहको विज्ञापन गरेको छ। बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगको सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरूले विज्ञापन आह्वान गरेको हो।

आयोगको सातवटै प्रदेशमा रहेका कार्यालयहरूले नायब सुब्बाको कुल २ सय ८९ पदका लागि दरखास्त आह्वान गरेको हो। आयोगको सूचना अनुसार आयोगको अनलाइन पोर्टलमा गएर दरखास्त निवेदन दिन सकिने छ। माघ १८ गतेसम्म सामान्य दस्तुर र २५ गतेसम्म दोहोरो दस्तुर बुझाई फारम भर्न सकिने छ।

आयोगको धनकुटा कार्यालयले खुलामा १७, महिला, जनजाति र मधेशीमा ४-४, दलितमा १, अपाङ्गमा २ र पिछडिएको क्षेत्रमा १ जना गरी ३३ पदको लागि विज्ञापन आह्वान गरेको छ। आयोगको जलेश्वर कार्यालयले खुलामा २८, महिला ७, जनजाति ५, मधेशीमा ६, दलितमा १, अपाङ्गमा २ र पिछडिएको क्षेत्रमा १ जना गरी ५० पदको लागि विज्ञापन आह्वान गरेको छ। 

आयोगको काठमाडौं कार्यालयले खुलामा ४०, महिला १०, जनजाति ६, मधेशीमा ८, दलितमा ४, अपाङ्गमा ३ र पिछडिएको क्षेत्रमा १ जना गरी ७२ पदको लागि विज्ञापन आह्वान गरेको छ। आयोगको पोखरा कार्यालयले खुलामा १८, महिला ५, जनजाति ३, मधेशीमा २, दलितमा २ र अपाङ्गमा १ जना गरी ३१ पदको लागि विज्ञापन आह्वान गरेको छ।

आयोगको बुटबल कार्यालयले खुलामा १५, महिला ५, जनजाति ४, मधेशीमा २, दलितमा २, र पिछडिएको क्षेत्रमा २ जना गरी ३० पदको लागि विज्ञापन आह्वान गरेको छ। आयोगको सुर्खेत कार्यालयले खुलामा १३, महिला ४, जनजाति ४, मधेशीमा २ र पिछडिएको क्षेत्रमा १ जना गरी २४ पदको लागि विज्ञापन आह्वान गरेको छ। आयोगको दिपायल कार्यालयले खुलामा १०, महिला ३, जनजाति ३, मधेशीमा २, अपाङ्गमा १ जना गरी १९ पदको लागि विज्ञापन आह्वान गरेको छ।

लोक सेवा आयोगले यस अघि गरेका विज्ञापनहरूमा अदालतले रिट परेको भन्दै तत्कालका लागि स्थगित गर्न अन्तरिम आदेश दिएको छ।