समसामयिक जानकारीहरु

१. राष्ट्रिय कविति महोत्सव २०७७

 - नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवको अवसरमा वि.सं. २०७७ मंसिर २९ गते आयोजना गरिएको (वि.सं. २०२२ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको)

- प्रथम हुने प्रतिभा नुवाकोटका भैरवी भूगोल (नेपालको गीत नामक कविता)

      - दोस्रो: लमजुङ्का प्रज्वल अधिकारी (संकल्प कविता)

२. सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई

      - २०७७ मंसिर २३ गते नेपाल र चीन सरकारले संयुक्त रुपमा सार्वजनिक गरेको ।

      - ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) नयाँ उचाई कायम भएको ।

३. ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२०

- हरेक वर्ष डिसेम्बर १० मा मनाईने

- अन्तर्राष्ट्रिय नारा: रिकोभर बेटर: स्टाण्ड अप फर ह्युमन राइट्स ।

- राष्ट्रिय नारा: महामारीमा मानवअधिकार: स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार

४. सन् २०२० को मिस् नेपाल: - नम्रता श्रेष्ठ

५. पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा सम्पन्न मिस नेपाल टुरिजम २०२० को उपाधि मनिता रिसाल बुढाथोकी (बाफल, काठमाडौं)ले जितेकी छन् ।

६. राष्ट्रिय योजना आयोगद्धारा २०७७ मंसिर २८ मा सार्वजनिक मानव विकास प्रदतिवेदनअनुसार नेपालको मानव विकास सुचकाङ्क कति रहेको छ ? -०.५८७ रहेको

७. भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : हरेक वर्ष डिसेम्बर ९ मा मनाईने

      - सन् २००५ देखि मनाउन थालिएको; सन् २०२० को नारा : Recover with Integrity

- (नोट: संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचारविरुद्धको महासन्धिबाट सन् २००३ अक्टोबर ३१ मा पारित गरेको ।)

८. अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस: हरेक वर्ष डिसेम्बर ७ मा मनाइने

      - सन् २०२० को नारा: Advancing Innovation for Global Aviation Development.

९. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस: हरेक वर्ष डिसेम्बर ५ मा मनाइने 

सन् २०२० को नारा: Together we can through volunteering.

१०. गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाईयो:

      - संयुक्त राष्ट्रसंघीय लागूऔषधसम्बन्धी आयोग(यूनसीएनडी) ले गाँजालाई लागूऔषधको सूचीबाट हटाइएको ।

- सन् २०२० डिसेम्बर २ मा भएको मतदानमा लागूऔषधको सूचीबाट हटाउने पक्षमा मतदान भएको ।

- मतदानमा ५३ सदस्य राष्ट्र सहभागि भएका जसमा २७ राष्ट्रले हटाउने पक्षमा मतदान गरेका ।

११. अपाङ्गता भएका व्यक्तिहरुको २९ औँ अन्तर्राष्ट्रिय दिवस

- International Day of Persons with Disabilities: December 3

- "Building Back Better: toward a disability-inclusive, accessible and sustainable post-COVID-19 world"

१२. सन् २०२० को बैङ्क अफ दि इअर "एनएमबी बैङ्क" (द फाइनान्सियल टाइम्स लण्डनले अवार्ड प्रदान गरेको)

१३. विश्व एड्स दिवस: हरेक वर्ष डिसेम्बर १ मा मनाईने:

- एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि जनचेतना जगाउन सन् १९८८ देखि मनाउन थालिएको ।

     - सन् २०२० को नारा: Global Solidarity and Shared Responsibility.

१४. सामाजिक सुरक्षा दिवस: हरेक वर्ष मंसिर ११ मा मनाइने ।

      - वि.सं. २०७५ मंसिर ११ देखि मनाउन थालिएको ।

      - २०७७ को नारा: "असल श्रम सम्बन्धको आधार, सामाजिक सुरक्षा र रोजगार"

१५. विश्व प्रसिद्ध फुटबल खेलाडी म्यारोडोनाको निधन : सन् २०२० नोभेम्बर २५ मा ।

१६. लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान : हरेक वर्ष नोभेम्बर २५ देखि डिसेमबर १० सम्म मनाईने

- अन्तर्राष्ट्रिय नारा: Orange the World: Fund, Respond, Prevent Collect.

- राष्ट्रिय नारा: लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता: व्यक्ति, समाज र सबैको ऐक्यबद्धता ।

१७. बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको सन् २०२० को प्रभावशाली १ सय महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगरको नाम समेटिएको छ ।

- सपना विगत केहि वर्षदेखि बेवारिसे परेका शव जलाउने कार्यमा अग्रसर रहेकी छन् ।

१८. ९ औँ कर दिवसको अवसरमा  सबैभन्दा बढी कर तिर्नेलाई सम्ममान: हरेक वर्ष मंसिर १ गते प्रदान  गरिने ।

२०७७ को नारा: "स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: विकास, समृद्धि र सुशासन"

२०६९ देखि हरेक वर्ष मंसिर १ गते मनाउन थालिएको ।

- करदाता: सूर्य नेपाल

- निर्यात कर्ता: डाबर नेपाल (प्रा.) लि.

- विशेष उद्योग:     हिमाल पावर

- व्यक्तिगत आयकर तिर्ने: विजय कुमार शाह

१९. संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को नयाँ कार्यकाल(२०२१२०२४)का लागि अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित भएकी छन्

सङ्कलन: बीरबहादुर सुनुवार